9 years ago
October 31, 2016
एल क्लासिको आउन करिब १ महिना भन्दा अलि बडी बाकी रहदा बार्सिलोनाका प्रशिक्षक लुइस एनृकेको चिन्ता लुइस स्वारेज र नेमारमाथी रहने छ ।

हाल रियल मडीडलाई अंक तालिकामा पछी गरिरहेको अवस्थामा बार्सिलोनालाई डिसेम्बेर ३ मा नौ क्याम्पमा हुने एल क्लासिको खेल निकै नै महत्वपुर्ण रहने छ । निकै महत्व बोकेको रियल मड्रीड र बार्सिलोना बिचको खेलमा आफ्नु स्टार खेलाडिहरु उपलब्ध रहुन भन्ने कुरामा लुइस इनृकेले ध्यान पुर्याउने छन ।
तर बार्सिलोनाले मड्रीडलाई आफ्नु घरेलु मैदानमा निम्त्याउदा इनृकेका भरपर्दा खेलाडिद्वय नेमार र स्वारेजले होसियारी नअप्नाए एल क्लासिको गुमाउन सक्छन ।
मड्रीडलाई भेट्नु अघी बार्सिलोनाले ला लिगामा तीन खेल खेल्नेछ । ४ पहेलो कार्डमा रहेको स्वारेजले १ खेल अघी १ पहेलो कार्ड पाएमा उनले मड्रीड्सँगको खेल खेल्न पाउने छैनन । त्यस्तै नेमार पनि ३ पहेलो कार्डमा छन । तेस्रो खेल खेल्दासम्म उनले २ पहेलो कार्ड थपे भने एल क्लासिको खेल्न पाउने छैनन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]