9 years ago
October 31, 2016
साउथह्याम्टन बिरुद्ध २-० को जित हासिल गर्दै चेल्सिले लगातार चौथो प्रीमियर लिगको खेलमा आफ्नो कब्जा जमाएको छ । जित पछी चेल्सी शिर्ष स्थान भन्दा १ अंक तल छ ।

डिएगो कोस्टा र इडेन हाजार्डको गोलमा चेल्सिले साउथह्याम्टनलाई हराएको छ । चेल्सीकोलागी खेलमा पहिलो गोल गरेका हाजार्डले प्रीमियर लिगको पाचौ गोल गरे जुन उनले पछिल्लो सिजन भरी गरेको गोल(४) भन्दा धेरै हो ।
त्यस्तै दोस्रो हाल्फमा चेल्सीको अग्रता दोब्बर गर्दै जित सहज बनाएका कोस्टा ८ गोल सहित लिगको उत्कृस्ट गोलकर्ता हुन ।
१० खेल खेलिसकदा चेल्सी २२ अंक सहित अंक तालिकाको चौथो स्थानमा छ । २३ अंक सहित म्यान्चेस्टर सिटि, आर्सनल र लिभरपुल पहिलो , दोस्रो र तेस्रो स्थानमा छन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]