10 years ago
September 11, 2015
पोखरा, २५ भदौ।
कास्की मोडनाइज्ड एकेडेमी, बेथानी बोर्डिङ स्कुल, धौलागिरि बोर्डिङ स्कुल र डाइनामिक बोर्डिङ स्कुल पोखरा–२७ हेमजा मिलनचोक खेलमैदानमा जारी प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ को अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्।
नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा शुक्रबार भएको पााचौं प्रिक्वाटरफाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीले टप्स उमाविलाई ४–० ले पराजित गर्यो। छैटौं खेलमा बेथानी बोर्डिङ स्कुलले वेलनन एकेडेमीलाई २–० ले हरायो। सातौं खेलमा धौलागिरि बोर्डिङ स्कुलले मेरीगोल्ड बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–३ ले पाखा लगायो। निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएको थियो।
आठौं खेलमा डाइनामिक बोर्डिङ स्कुलले आदर्श बोर्डिङ स्कुललाई सडन डेथमा १–० ले पन्छायो। निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि पााच–पााच गोलको बराबरी भएपछि सडन डेथमा आदर्श १–० को शिकार भएको नेपाल विद्यालय फुटबल सङ्घ कास्कीका अध्यक्ष जगत थापाले जानकारी दिए।
श्निबार क्वाटरफाइनलका खेल हुनेछन्। जसअनुसार शान्तिदीप बोर्डिङ स्कुल र ताराकुञ्ज बोर्डिङ स्कुलबीच पहिललो, अमरसिंह नमुना उमावि नेपाली विभाग र पोखरा एकेडेमी बाटुलेचौरबीच दोस्रो, कास्की मोडनाइज्ड एकेडेमी र बेथानी बोर्डिङ स्कुलबीच तेस्रो तथा धौलागिरि बोर्डिङ स्कुल र डाइनामिक बोर्डिङ स्कुलबीच चौथो खेल हुने सङ्घका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए।
भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद १५ हजार तथा उपविजेता टीमलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]