default_image

3 years ago

June 24, 2021

अवे गोलको नियम हटाइने

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले अर्को सिजनदेखि क्लब फुटबलको प्रतियोगितामा अवे गोलको नियम हटाउने भएको छ । यूईएफएको कार्यसमिति बैठकले अवे गोलको नियम हटाउन आएको प्रस्तावलाई स्वीकृति दिएको हो । सन् १९६५ देखि प्रयोगमा आएको यस नियमले च्याम्पियन्स लिग र युरोपा लिगको नकआउट चरणमा पटक पटक निर्णायक भूमिका खेल्दै आएको थियो । अब […]

49 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले अर्को सिजनदेखि क्लब फुटबलको प्रतियोगितामा अवे गोलको नियम हटाउने भएको छ ।

यूईएफएको कार्यसमिति बैठकले अवे गोलको नियम हटाउन आएको प्रस्तावलाई स्वीकृति दिएको हो । सन् १९६५ देखि प्रयोगमा आएको यस नियमले च्याम्पियन्स लिग र युरोपा लिगको नकआउट चरणमा पटक पटक निर्णायक भूमिका खेल्दै आएको थियो । अब अवे गोलको नियम हटेसँगै खेल बराबरी भएको अवस्थामा अतिरिक्त समय र टाइब्रेकर लागु हुनेछ ।

यूईएफए अध्यक्ष एलेक्जेन्डर सेफेरिनले लामो सोचपछि निर्णय लिइएको जानकारी दिए । ‘ अवे गोलको नियम यूईएफए प्रतियोगिताको महत्त्वपूर्ण पाटो रहेका थिए । तर पछिल्लो समय हामीले यसबारे धेरै छलफल गर्यौं । यसमा सटिक निर्णय गर्न नसकेपनि सरोकारवाला पक्षसँग आवश्यक छलफलपछि नियम हटाउने निर्णयमा आएका हौं,’ उनले भने ।

पछिल्लो केहि सिजन च्याम्पियन्स लिगका खेलमा अवे गोलका कारण नै खेलको निर्णय हुँदै आएको छ । बायर्न म्युनिख र पिएसजीबीचको खेल ३-३ को बराबरीमा सकिएपनि साविक विजेता बायर्न अवे गोलको नियममा बाहिरिएको थियो ।

युभेन्टस पनि पोर्टोसँग ४-४ को बराबरीमा रहेपनि अवे गोलको आधारमा बाहिरिएको थियो । त्यसअघि सन् २०१८-१९ सिजनको सेमिफाइनलमा टोटेनहम हट्सपरले आयाक्स आम्स्टर्ड्याममाथि अवे गोलको मदतले नै फाइनलमा स्थान बनाएको थियो ।

यो पनि : युरो कप : अन्तिम १६ मा को-को भिड्दै? (नेपाली समयअनुसार)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.