4 years ago
June 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एन्फाका केन्द्रीय सदस्य रुपेश अधिकारीले जेठमा सम्पन्न खुकुरी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले व्यवस्थापकको जिम्मेवारी निर्वाह गरेका थिए ।

अधिकारीले जिम्मेवारी सम्हाल्ने क्रममा नै आफूले पारिश्रमिक वापत प्राप्त गर्ने सम्पूर्ण रकम चोटग्रस्त ३ महिला खेलाडीलाई सहयोग गर्ने घोषणा गरेका थिए । चोटका कारण मैदानबाहिर रहेका राष्ट्रिय टोलीका फरवार्ड सावित्रा भण्डारी र हिरा भुजेलसँगै नेपाल यू१९ राष्ट्रिय टोलीकी सदस्य समिक्षा घिमिरेलाई सहयोग गर्ने बताएका थिए ।
उपचारका लागि शनिबार कतार जाने क्रममा रहेकी सावित्रालाई अधिकारीको तर्फबाट उनका भाइले शुक्रबार रकम हस्तान्तरण गरेका थिए । शल्यक्रियापछि फिजियो गराइरहेका हिरा र समिक्षालाई पनि सोहि अवसरमा रकम हस्तान्तरण गरिएको हो ।
कोरोनाको दोस्रो लहरका कारण भएको निषेधाज्ञाका कारण रकम हस्तान्तरणमा केहि ढलाई भएको जनाउँदै अधिकारीले भने, ‘म उपत्यका बाहिर छु । भाईमार्फत रकम हस्तान्तरण गरेका छौं । खेलाडीको साथमा हामी सधै रहन्छ भन्ने सन्देश दिन चाहन्छौं । अरुलाई पनि यसबाट प्रेरणा मिल्यो भने त्यो खुसीको विषय हुनेछ ।’

स्पार्क फिजियोथेरापी हस्पिटलका अध्यक्ष समेत रहेका अधिकारीले आफ्नो संस्थामार्फत पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खेलाडीहरुलाई सहयोग गर्दै आएका छन् । विगतमा पनि फुटबल खेलाडीहरुलाई आफ्नो तर्फबाट सक्दो सहयोग गरेको स्मरण गर्दै अधिकारीले भविष्यमा पनि सहयोगलाई जारी राख्ने बताएका छन् ।
एन्फाको पहलमा सावित्रा कतारमा शल्यक्रियाका लागि जाँदैछिन् । गत फागुन ३ गते राष्ट्रिय महिला लिग खेल्ने क्रममा सावित्राको दायाँ घुँडामा चोट लागेको थियो । हिरा र समिक्षाको ग्वार्कोस्थित बिएण्डबीमा शल्यक्रिया भएको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]