default_image

10 years ago

September 12, 2015

किर्गिस्तान जाने फुटबल यु१६ टोलीको बिदाई

212 views

0 Bookmark

किर्गिस्तान जाने यु१६ टोलीको बिदाईए.एफ्.सीको यु१६ च्याम्पिएनसिपको छनोट चरणमा सहभागि हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ|

IMG_20150912_093723

बगगंलादेशमा आयोजित साफ यु१६ प्रतियोगितामा सेमिफाइनलबाटै भारतसंग पराजित भएको युवा टोलीमा यसपटक चार परिवर्तन गरिएको छ| गोलकिपर उज्वल लिम्बु, डिफेन्डर द्वय असिम भुसाल र पवन कार्की संगै मिडफिल्डर जय गुरुगं टोलीमा पर्न सफल भएका छन्| यसअघि साफको टोलीमा परेका आकाश रानाभाट, राजन गुरुगं, विकास आले र दिवस उराउ यस टोलीमा अटाएनन्|

साफमा राम्रो प्रदर्शन गर्दागर्दै पनि राम्रो नतिजा ल्याउन नसकेकोमा यसपटक त्यसलाई विर्साउँदै छनोट चरण पार गर्ने विश्वास प्रशिक्षक उपेन्द्र मान सिंहले लिएका छन्|

“यसपटक हामीले युवा खेलाडीलाई प्राथमिकता दिएका छौं| साफमा हामी राम्रो खेल्दाखेल्दै पनि भारत संग पराजित भयौं, तर यु१९को प्रदर्शनले हीम्रो टोलीको पनि मनोबल उच्च छ| हामी छनोट हुन् लक्ष्यका साथ किरिगिस्तान जानेछौं|

टोलीको प्रशिक्षक उपेन्द मान सिहं हुन् भने राजेश मानन्धर सहायक छन्| टोलीको व्यवस्थापकको जिम्मा मधुसुदन अर्यालले सम्हालेका छन्| डा. राजु डंगोल टोलीका डाक्टर हुन्

पुर्ण टोली:

गोलकिपर: अरपन कार्की, सन्देश गुरुगं, उज्वल लिम्बु

डिफेन्डर: रोमन लिम्बु, पवन कार्की, लक्ष्मण परियार, सुमन अर्याल, अभिषेक वर्मा, असिम भुषाल, अनोष मगर

मिडफिल्डर: मनिष कार्की (कप्तान), अनिल महर्जन, अशोक थापा, अभिषेक रिजाल, राजिभ लोप्चन, सेसेहागं आगंदेम्बे, जय गुरुगं

फरवार्ड: रेजिन सुब्बा, प्रेजेन तामाङ, दिनेश हेन्जन, क्षितिज राज जि.टि., राजेश परियार

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.