4 years ago
June 29, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै स्विट्जरल्यान्डले प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गर्यो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटमा पनि ३-३ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा ५-४ को जित दर्ता गर्दै स्विट्जरल्यान्डले स्पेनसँग क्वाटरफाइनल भेट पक्का गरेको हो । फ्रान्सका लागि पाँचौ प्रहार गर्न आएका युवा स्टार किलीयन एमबाप्पेको पेनाल्टीलाई गोलरक्षक यान सोमरले विफल पारेपछि फ्रान्स प्रतियोगिताबाट बाहिरिएको थियो । टाइब्रेकरमा स्विट्जरल्यान्डका सबै ५ खेलाडीले गोल गरेका थिए ।
स्विट्जरल्यान्डले यस जितसँगै युरो कपको इतिहासमा पहिलो पटक नकआउट चरणमा जित हासिल गरेको छ । यसअघि अन्तर्राष्ट्रिय फुटबलमा खेलेका सबै तीन टाइब्रेकरमा पराजित स्विट्जरल्यान्डले पहिलो पटक जित हासिल गर्यो । फ्रान्सले भने सातौंपटक टाइब्रेकरमा पुग्दा चौथो हार बेहोरेको छ ।

पहिलो हाफमा औसत प्रदर्शन गरेको फ्रान्स हरिस सेफेरोभिचको गोलमा पछि परेको थियो । उक्त गोलमा गल्ति गरेका डिफेन्डर क्लेमेन्ट लेंगलेटलाई दोस्रो हाफमा परीवर्तन गर्दै आक्रामक रणनीति अपनाएको थियो । स्विट्जरल्यान्डले पेनाल्टीमा अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फालेपछि फ्रान्सले लगातार गोल गर्दै खेलमा पकड जमायो ।
बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई सानदार फिनिस गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो । पोग्बाले त्यसपछि विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । तर सेफेरोभिचले व्यक्तिगत दोस्रो हेडर गोल गर्दै फ्रान्सलाई सहज रुपमा खेल्ने अवसर दिएन । ग्रभानोभिचले अन्तिम मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए । अतिरिक्त समयमा गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा पहिलो प्रहार गरेको स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गर्न सफल भएका थिए । फ्रान्सका लागि पल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बे लगातार सफल हुँदा पाँचौ प्रहार गर्न आएका किलीयन एम्बाप्पेको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पारेका थिए । यससँगै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनको सामना गर्नेछ ।
विस्तृतमा पढ्नुहोस फ्रान्समाथि स्विट्जरल्यान्डको जित : एमबाप्पे टाइब्रेकरमा चुक्दा फ्रान्स बाहिरियो
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]