default_image

3 years ago

June 29, 2021

नेक्सस संकटा युथ फुटबल एकेडेमी सञ्चालन हुने

काठमाडौं (हाम्रो खेलकुद)– तीन विभागिय टोली पछि अन्य ए डिभिजन टोलीले पनि फुटबल एकेडेमी सञ्चालनको प्रयास थालेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा), संकटा क्लब र नेक्सस स्कुलबीच फुटबल एकेडेमी सञ्चालनका लागि मंगलबार सम्झौता भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको सम्झौतामा एन्फाका उपाध्यक्ष समेत रहेका युवा विकास समितिका अध्यक्ष उपेन्द्रमान सिंह, संकटाका कार्यवहाक […]

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तीन विभागिय टोली पछि अन्य ए डिभिजन टोलीले पनि फुटबल एकेडेमी सञ्चालनको प्रयास थालेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा), संकटा क्लब र नेक्सस स्कुलबीच फुटबल एकेडेमी सञ्चालनका लागि मंगलबार सम्झौता भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको सम्झौतामा एन्फाका उपाध्यक्ष समेत रहेका युवा विकास समितिका अध्यक्ष उपेन्द्रमान सिंह, संकटाका कार्यवहाक अध्यक्ष सुरेन्द्र सिख्राकार र नेक्ससका प्रिन्सिपल आरबी कटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
यसरी सञ्चालन हुने एकेडेमीको नाम नेक्सस संकटा युथ एकेडेमी रहनेछ । जसका लागि पहिलो १४ खेलाडीको छनोट गरिनेछ ।

संकटा र नेक्ससले समान ७ खेलाडी एकेडेमीमा राख्नेछन् । संकटाको मैदानमा उनीहरुलाई प्रशिक्षण दिइने छ भने नेक्ससले छात्रबृति प्रदान गर्ने जनाएको छ । सम्झौता अनुसार दोस्रो वर्ष एकेडेमीमा रहने २१ खेलाडीमध्ये १४ जना संकटाले प्रदान गर्नेछ ।

सामुदायमा आधारित ए डिभिजन क्लब मध्ये एकेडेमीका लागि सुरुवात गर्ने संकटा पहिलो क्लब बनेको छ । यसअघि नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबले एकेडेमी सञ्चालनका लागि खेलाडी छनोट गरेको थियो । त्यसका लागि एन्फाले खेलाडी छनोट गरि विभागिय टोलीलाई उपलब्ध गराएको थियो ।

यसरी छनोट भएका खेलाडी समान १४ खेलाडीका दरले विभागलाई उपलब्ध गराएको थियो । यसरी छनोट भएका हरेक विभागमा आबद्ध हुने ७ खेलाडीले पूर्ण छात्रबृति प्राप्त गरेका थिए भने बाँकी ७ खेलाडी शुल्क तिर्नुपर्ने छ । सम्झौता कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, मानार्थ उपाध्यक्ष शिक्षत पराजुली, महासचिव इन्द्रमान तुलाधर, सह महासचिव अरुणमान जोशीलगायतको उपस्थिति थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.