4 years ago
June 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगको तयारी सुरु गरेको छ । गत फागुनमा मात्रै ए डिभिजनमा बढुवा भएको सातदोबाटोले आउने लिगका लागि पहिलो खेलाडीका रुपमा नाइजेरियन डिफेन्डर पिटर सेगुनलाई अनुबन्धन गरेको छ ।

लामो समयदेखि घरेलु फुटबल खेलिरहेका सेगुनले पछिल्लोपटक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबबाट खेलेका थिए । देशका चर्चित क्लब मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टारबाट समेत खेलिसकेका सेन्ट्रल डिफेन्डर सेगुनले जेठमा सम्पन्न पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) ललितपुर सिटी एफसीमा आबद्ध थिए ।
सातोदाबाटोले सोमबार उनलाई ९ महिनाका लागि अनुबन्धन गरेको जनाउँदै क्लबका अध्यक्ष कपिल रानामगरले अन्य केहि खेलाडीसँग अर्को साता सम्झौता गरिने बताए । ‘गत वर्ष बी डिभिजन लिग च्याम्पियन हुँदाका ९/१० खेलाडी, केहि राष्ट्रिय खेलाडी र अन्य दुई विदेशी खेलाडीसँग सम्झौता गर्ने गरि छलफल चलाई रहेका छौं,’ रानमगरले भने, ‘अर्को साता सम्ममा धेरै टुंगो लगाइसक्ने तयारीमा छौं । हामीले २५ जना सम्म खेलाडी लिने योजना बनाएका छौं ।’

क्लबले आन्तरिक सम्झौता गरेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) मा खेलाडी दर्ता भने खुलिसकेको छैन । टोलीले असोज ३ गतेबाट सुरु हुने लिगका लागि साउन २ गतेबाट प्रशिक्षण सुरु गर्ने तयारी गरेको अध्यक्ष रानामगरले बताए । टोलीमा नयाँ प्रशिक्षक आबद्ध गराउने विषयमा पनि छलफल अन्तिम चरणमा रहेको उल्लेख गर्दै उनले थपे, ‘केहि दिनमा प्रशिक्षकको पनि टुंगो लागाउनेछौं ।’ क्लबलाई ए डिभिजनमा बढुवा गराउँदाका प्रशिक्षक सनोज श्रेष्ठ भने अर्को ए डिभिजन टोली ब्रिगेड ब्वाइज क्लबमा आबद्ध छन् ।
लिगका लागि झन्डै डेढ करोड खर्च हुने क्लबले अनुमान गरेको छ । सातदोबाटोमा आफ्नै ४ तले भवन रहेको क्लबले त्यसको भाडाबाट झन्डै ११ लाख रुपैयाँ आम्दानी गर्छ । क्लबको भाडा, एन्फाले दिने तयारी खर्च, नगरपालिका र वडाबाट आउने सहयोग नै क्लबको खर्चको मुख्य श्रोत हो ।

खेलाडीको पारिश्रमिकमा मात्रै करोड भन्दा बढी, प्रशिक्षण र अन्य व्यवस्थापन गरेर डेढ करोड रुपैयाँ आसपास खर्च हुने क्लबको अनुमान छ । विगतमा जस्तै लगनखेलस्थित बुद्धि विकास मण्डलमा प्रशिक्षण गर्ने गरि छलफल अघि बढेको अध्यक्ष रानामगरले बताए । शीर्ष ३ भित्र पर्ने लक्ष्य सहित तयारी थाल्न लागेको जनाउँदै अध्यक्ष रानामगरले भने, ‘त्यो नसक्दा शीर्ष ६ भित्र रहने गरिने लिग टुंगाउने योजना छ ।’
२०५७ सालमा स्थापना भएको सातदोबाटो छनोट पार गरेर २०५९ सालमा ए डिभिजन लिगमा पुगेको थियो । २०६८ सालदेखि ‘बी’ डिभिजन लिग खेल्न थालेको टोली यसअघि दुई पटक ए डिभिजन लिगको नजिक पुगेर पनि असफल भएको थियो । दुई सिजनअघि निर्णायक खेलमा एनआरटीविरुद्ध जित निकाल्न नसकेपछि सातदोबाटो ‘ए’ डिभिजनमा पुग्नबाट बञ्चित भएको छ । पछिल्लो पटक बढुवा भएको एक वर्ष नै नपुग्दै सातदोबाटो ए डिभिजनको तयारीमा जुटेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]