default_image

3 years ago

July 5, 2021

ट्रान्सफरमा पीएसजी आक्रामक

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आउदो सिजनको खेलाडी ट्रान्सफर (सरुवा) बजारमा आक्रामक रुपमा अघि बढेको छ । स्टार फरवार्डद्धय नेयमार जुनियर र केलियन एमबाप्पेको साथ रहेको पीएसजीले यसै समरमा जर्जिन्हो वाइनाल्डम र डानिलो पेरेइरालाई अनुबन्ध गरिसकेको पीएसजीले अझै तीन स्टार खेलाडी अनुबन्ध गर्ने योजना बनाएको छ । जसमा स्पेनिस क्लब रियल म्याड्रिडका […]

64 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आउदो सिजनको खेलाडी ट्रान्सफर (सरुवा) बजारमा आक्रामक रुपमा अघि बढेको छ । स्टार फरवार्डद्धय नेयमार जुनियर र केलियन एमबाप्पेको साथ रहेको पीएसजीले यसै समरमा जर्जिन्हो वाइनाल्डम र डानिलो पेरेइरालाई अनुबन्ध गरिसकेको पीएसजीले अझै तीन स्टार खेलाडी अनुबन्ध गर्ने योजना बनाएको छ ।

जसमा स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व कप्तान सर्जियो रामोस, रियलकै पुर्व डिफेन्डर तथा इटालियन क्लब इन्टर मिलानका डिफेन्डर अचरफ हाकिमी र एसी मिलानका गोलरक्षक जियानलुइजी डोन्नररुम्मा रहेका छन् । पीएसजीले यसै समरमा यि तीन खेलाडी अनुबन्ध गर्ने अब औपचारिकता मात्र बाँकी रहेको बुझिएको छ ।

पीएसजीले मिडफिल्डर वाइनाल्डमलाई स्थायी रुपमा फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । डिफेन्सिभ मिडफिल्डर डानिलोलाई भने गत सिजन लोनमा पोर्टाेबाट ल्याएपछि यस सिजन स्थायी अनुबन्ध गरिएको हो । प्रशिक्षक मौरिसियो पोचेटिनोले अनुभवी रामोस र युवा र प्रतिभावान खेलाडीद्वय हाकिमी र डोन्नररुम्मालाई अनुबन्ध गर्ने योजना बनाएको छ । यि तीन खेलाडीको आगमनसँगै पीएसजीको गोलकिपिङ र डिफेन्स लाइन झनै बलियो हुने सम्भावना छ ।

पीएसजीले ३५ वर्षीय रामोसलाई दुई वर्षसम्मको लागि तथा २२ वर्षीय हाकिमी र डोन्नररुम्मालाई ५ वर्षको लागि सम्झौता गर्ने सम्भावना छ । रामोसले रियल म्याड्रिडमा दुई वर्षको सम्झौता माग गरेपनि यस विषयमा सम्झौता हुन नसक्दा रामोसले गत जुनमा क्लब छाड्ने घोषणा गर्दै क्लबबाट बिदाइ लिइसके । रामोसले १६ वर्ष सान्टियागो बर्नबेउ बसाईमा ६७१ खेल खेल्दै १०१ गोल गरेका थिए ।

पीएसजीले गत सिजन अनुभवी ब्राजिली सेन्टरब्याक थियागो सिल्भालाई गुमाएको थियो । उनी गत सिजन पीएसजी छाड्दै इंग्लिस क्लब चेल्सी पुगेका थिए । पीएसजीले उनको विकल्पमा प्रेसनेल किमपेम्वे, एब्डोउ डिएलो र थिलो केरहरलाई प्रयोग गरेपनि उनीहरु जम्न सकेनन् । अब रामोस नै सिल्भाको विकल्प बन्न सक्नेछन् ।

डोन्नररुम्मा युवा अवस्थामै युरोपको उत्कृष्ट गोलरक्षकको रुपमा दरिएका छन् । २२ वर्षीय डोन्नररुम्माले एसी मिलानबाट २५१ तथा इटालीबाट ३१ क्याप जितिसकेका छन् । यस्तै मोरोक्कोका अचरफले रियल म्याड्रिडको एकेडेमीमा हुर्कदै जर्मन क्लब बोरुसिया डर्टमुन्ड पुगेका थिए । उनी गत सिजन इन्टर मिलान पुगेका थिए ।

इन्टर मिलान १० वर्षपछि सिरी ‘ए’ च्याम्पियन बन्दा उनको भुमिका महत्वपुर्ण रहेको थियो । राइटब्याक अचरफले गत सिजन सिरी ‘ए’ मा ७ गोल गरेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.