default_image

3 years ago

July 6, 2021

स्पेन विरुद्ध इटाली : सम्भावित सुरुवाती ११

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा मंगलबार स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । स्पेनले पछिल्लो खेलमा मिडफिल्डर पाब्लो सराबियालाई मांशपेसीको चोटका कारण पूरा समय प्रयोग गर्न सकेको थिएन । आजको खेलमा उनले पहिलो रोजाइमा खेल्नेबारे शंका रहेको छ । त्यसअघि दुवै खेलमा निर्णायक प्रदर्शन गरेका […]

44 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा मंगलबार स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

स्पेनले पछिल्लो खेलमा मिडफिल्डर पाब्लो सराबियालाई मांशपेसीको चोटका कारण पूरा समय प्रयोग गर्न सकेको थिएन । आजको खेलमा उनले पहिलो रोजाइमा खेल्नेबारे शंका रहेको छ । त्यसअघि दुवै खेलमा निर्णायक प्रदर्शन गरेका सराबियाले खेल्न नसकेको अवस्थामा ड्यानी ओल्मोले पहिलो रोजाइमा खेल्ने सम्भावना रहेको छ ।

आक्रमणमा प्रशिक्षक लुइस एन्रिकेले अल्भारो मोराटालाई नै निरन्तरता दिने देखिन्छ । क्लब स्तरमा इटालीका मुख्य डिफेन्डर जिओर्जियो किएलिनी र लिओनार्दो बोनुचीसँग खेल्दै आएकाले पनि एन्रिके यसको फाइदा उठाउन चाहन्छन् । डिफेन्स र मिडफिल्डमा कुनै परिवर्तन हुने देखिन्न । फेरान टोरेसले पनि सुरुवात गर्ने सम्भावना कम छ ।

यता इटालीका लागि लेफ्ट ब्याक लिओनार्डो स्पिनाजोलाको चोटले ठूलो धक्का पुगेको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीमध्यमा रहेका उनले बेल्जियमविरुद्ध खेलमा गम्भीर चोट बोकेका थिए । इटाली पुगेर शल्यक्रिया गरिसकेका उनले ६ महिना विश्राम लिनुपर्ने भएको छ । उनको स्थानमा एमर्सनले खेल्ने पक्काजस्तो देखिन्छ ।

मिडफिल्डमा इटालीले मार्को भेराट्टी, निको बरेल्ला र जोर्जिन्होलाई नै निरन्तरता दिने देखिन्छ । म्यानुएल लोकाटेलीले प्रतियोगितामा बलियो सुरुवात गरेपनि चोटबाट मुक्त भएपछि भेराट्टीले सानदार प्रदर्शन गरेका छन् । फेडेरिको किएजाले पनि डोमेनिको बेरार्डीभन्दा अघि रहेर खेल्ने देखिन्छ ।

सम्भावित ११ :

स्पेन : (४-३-३)

उनाइ सिमोन : सेजार एज्पिलीक्वेटा, एरिक गार्सिया, एमेरिक लापोर्ट, जोर्डी अल्बा : कोके, सर्जियो बुस्केट्स, पेड्री : जेरार्ड मोरेनो, अल्भारो मोराटा, ड्यानी ओल्मो

इटाली : (४-३-३)

जियानलुइजी डोनारुम्मा : डी लोरेन्जो, लिओनार्दो बोनुची, जिओर्जियो किएलिनी, एमर्सन : निको बरेल्ला, जोर्जिन्हो, मार्को भेराट्टी : फेडेरिको किएजा, चिरो इम्मोबिले, लोरेन्जो इन्सिग्ने

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.