default_image

3 years ago

July 8, 2021

बालोटेली टर्किस क्लबमा अनुबन्धित

एजेन्सी – इटालियन फरवार्ड मारियो बालोटेली टर्किस क्लब एडाना डिमिरस्परमा अनुबन्धित भएका छन् । बालोटेली फ्रि एजेन्टमार्फत टर्किस क्लब एडानामा अनुबन्धित भएका हुन् । उनले टर्किससँग ३ वर्षको सम्झौता गरेका छन् । ३० वर्षीय फरवार्ड यो सिजनको अन्त्यसँगै इटालियन सिरी ‘बी’ क्लब मोन्जाबाट स्वतन्त्र बनेका थिए । उनी ६ महिनाका लागि मोन्जामा आबद्ध भएका थिए […]

50 views

0 Bookmark

एजेन्सी – इटालियन फरवार्ड मारियो बालोटेली टर्किस क्लब एडाना डिमिरस्परमा अनुबन्धित भएका छन् । बालोटेली फ्रि एजेन्टमार्फत टर्किस क्लब एडानामा अनुबन्धित भएका हुन् ।

उनले टर्किससँग ३ वर्षको सम्झौता गरेका छन् । ३० वर्षीय फरवार्ड यो सिजनको अन्त्यसँगै इटालियन सिरी ‘बी’ क्लब मोन्जाबाट स्वतन्त्र बनेका थिए । उनी ६ महिनाका लागि मोन्जामा आबद्ध भएका थिए । तर, टोली यो सिजन पनि शीर्ष डिभिजनमा उक्लन सकेन ।

इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलका पुर्व फरवार्ड बालोटेलीको यो १०औं क्लब हो । उनले लुमिजाने, इन्टर मिलान, म्यानचेस्टर सिटी, एसी मिलान, लिभरपुल, निस, मार्से, ब्रेसिया र मोन्जाबाट खेलिसकेका छन् । क्लबको अफिसियल ट्वीट् ह्यान्डलबाट बालोटेलीले एडानामा अनुबन्धित भएको तस्विर सार्वजनिक भएको छ । जहाँ एजेन्ट मिना राइओला, एडानाका अफिसियलसँगै कप्तान पनि उपस्थित रहेको छ ।

क्लबले विश्व स्टार बालाटेली भनेर सम्वोधन गरेको छ । उनले क्लबसँग ३ वर्षको सम्झौता गरेको र अब उनले निलो जर्सीबाट खेल्ने उल्लेख गरेको छ । व्यवसायिक खेल करियरमा टर्की उनको चौथो राष्ट्र हो । यसअघि उनले इटाली, इंग्ल्यान्ड र फ्रान्सबाट खेलिसकेका छन् ।

डिमिरस्परका अध्यक्ष मुरात सानकले बालोटेलीको चाहाना अर्काे वर्ष कतारमा हुने विश्वकप खेल्ने रहेको बताएका छन् । अध्यक्ष मुरात सानकले बालोटेली विश्वकपकै लागि तयार हुनका लागि यहाँ आएको बताएका छन् । उत्तेजित र आक्रमक छविका बालाटेलीबारे क्लबलाई पनि ज्ञान रहेको र एडानाले उनलाई व्यवस्थापन गर्न सक्ने अध्यक्ष मुरातले बताएका छन् ।

क्लब फुटबलमा विवादित छवि बनाएका बालोटेलीले सन् २००७ मा इन्टर मिलान आउनुअघि लुमेझानेबाट व्यवसायिक खेल करियर सुरु गरेका थिए । उनले इन्टरबाट ८६ खेलमा २८ गोल गरेका थिए । यो समयमा जोसे मौरिन्होको प्रशिक्षणमा इन्टरले टेरिबल उपाधि जित्दा उनी टोलीका सदस्य थिए ।

त्यसपछि बालोटेली २०१०–११ को सिजनमा इंग्लिस क्लब म्यानचेस्टर सिटी पुगेका थिए । हालका इटालीका प्रशिक्षक रोबर्टाे मान्सिनी प्रशिक्षक रहँदा उनले तीन सिजनमा ८० खेलमा ३० गोल गरेका थिए । यो समयमा सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितेको थियो । त्यसपछि उनी पुन इटाली फर्कदा एसी मिलानमा आबद्ध भएका थिए । मिलानमा दुई सिजन बिताउँदा बालोटेलीले ५४ खेलमा ३० गोल गरेका थिए ।

पुन उनी प्रिमियर लिग क्लब लिभरपुलमा अनुबन्ध भएका थिए । उनले लिभरपुलमा एक सिजनमा २८ खेलमा ४ गोल मात्रै गर्न सफल भएका थिए । पुनः उनी एक सिजनको लागि लोनमा मिलान नै पुगेका थिए । त्यहाँ उनले त्यो समयमा आशातित प्रदर्शन गर्न सकेनन् । उनले २३ खेलमा ३ गोल मात्रै गन सके ।

त्यसपछि उनी २०१६–१७ को सिजनमा फ्रान्सेली क्लब निसमा पुगे । निसमा उनले तीन सिजन बिताउँदा ७६ खेलमा ४३ गोल गरेका थिए । उनी एक सिजन मार्सेमा आबद्ध भए । मार्सेमा उनले १५ खेलमा ८ गोल गरे । त्यसपछि उनी इटालियन क्लब ब्रेसियामा आउदा १९ खेलमा ५ गोल गरेका थिए । अर्काे सिजन उनी सिरी ‘बी’ क्लब मोन्जामा पुगेका थिए । त्यहाँ उनले १४ खेलमा ६ गोल गरेका थिए ।

बालोटेलीले इटालीका लागि ३६ खेलमा १४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले सन् २०१८ सेप्टेम्वरमा नेसन्स लिगमा पोल्यान्डविरुद्ध खेलेपछि इटालीको टोलीबाट खेल्न पाएका छैनन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.