default_image

3 years ago

July 9, 2021

मेस्सीलाई च्याम्पियन बन्ने अवसर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाबाट ३४ उपाधिसँगै अर्जेन्टिनासँग ओलम्पिक स्वर्णपदक जितेका लियोनेल मेस्सीले करिअरमा सफल भएका छन् भन्दा खासै फरक नपर्ला । व्यावसायिक फुटबलमा सफलता हासिल गरेको मेस्सीले राष्ट्रको लागि १५ वर्ष खेल्दा भने कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । ३४ वर्षीय मेस्सीले अर्जेन्टिनाबाट १५० खेलमा ७६ गोल गरेका छन् । यसपटक […]

63 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाबाट ३४ उपाधिसँगै अर्जेन्टिनासँग ओलम्पिक स्वर्णपदक जितेका लियोनेल मेस्सीले करिअरमा सफल भएका छन् भन्दा खासै फरक नपर्ला ।

व्यावसायिक फुटबलमा सफलता हासिल गरेको मेस्सीले राष्ट्रको लागि १५ वर्ष खेल्दा भने कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । ३४ वर्षीय मेस्सीले अर्जेन्टिनाबाट १५० खेलमा ७६ गोल गरेका छन् । यसपटक मेस्सीकै कप्तानीमा अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । हालसम्म राष्ट्रबाट ठुलो प्रतियोगिताको उपाधि जित्न नसकेको मेस्सीलाई उपाधि जित्ने ठुलो अवसर छ ।

हुन त मेस्सीलाई यस्तो अवसर नआएको पनि होइन । मेस्सीकै कप्तानीमा अर्जेन्टिना २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा पुगेको थियो । त्यसअघि उनी टोलीमा रहँदा सन् २००७ मा पनि अर्जेन्टिना कोपाको फाइनलमा पुगेको थियो । तर, चारैपटक अर्जेन्टिना फाइनलमा निराश बन्दा मेस्सीले राष्ट्रबाट उपाधिको स्वाद चाख्न पाएनन् ।

अर्जेन्टिना २००७ मा ब्राजिलसँग ३–० ले तथा २०१५ र २०१६ मा चिलीसँग स्तब्ध भएको थियो । २०१४ को विश्वकपमा अर्जेन्टिना अतिरिक्त समयमा जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको थियो ।

अर्जेन्टिना सन् १९९३ पछि अर्थात २८ वर्षसम्म उपाधिविहीन छ । अर्जेन्टिनालाई २८ वर्षपछि तथा मेस्सीलाई पहिलोपटक राष्ट्रबाट च्याम्पियन बन्ने अर्काे अवसर आएको छ । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ११ जुलाईमा माराकाना स्टेडियममा घरेलु टोली ब्राजिलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

मेस्सीले जारी कोपामा गज्जवको प्रदर्शन गरेका छन् । उनले ४ गोल र ५ असिस्ट दिएका छन् । कोलम्वियाविरुद्धको नाटकिय सेमिफाइनलमा गोलरक्षक इमिलियानो मार्टिनेजले तीन पेनाल्टी बचाएपछि अर्जेन्टिनाले ३–२ को जित निकाल्दै फाइनलमा साविकको विजेता ब्राजिलसँगको भेट पक्का गरेको हो ।

मेस्सीको फाइनल यात्रा

सन् २००७ (कोपा अमेरिका कप)

मेस्सीले २०औं जन्मदिन मनाइरहँदा उनको टोलीले सन् २००७ को कोपा अमेरिका कपको फाइनलमा पुगेको थियो । अर्जेन्टिना समूह चरणमा शतप्रतिशत जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको थियो । प्रशिक्षक अल्फियो बासिलको प्रशिक्षणमा मेस्सीले जादुमयी प्रदर्शन गरिरहेको थियो ।

क्वाटरफाइनलमा उनले पेरुविरुद्ध गोल गर्दै कोपामा आफ्नो पहिलो गोल गरेका थिए । सेमिफाइनलमा मेक्सिकोको चुनौती पन्छाउदा फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको थियो । फाइनलमा जुलियो बापटिस्टा, रोबर्टाे एयाला र ड्यानी आल्भेसले गोल गरेपछि अर्जेन्टिना ३–० ले पराजित हुदा मेस्सी आफ्नो पहिलो र प्रमुख प्रतियोगिता जित्नबाट बञ्चित रहे ।

सन् २०१४ (विश्वकप)

अर्जेन्टिना २०१० को विश्वकपमा क्वाटरफाइनलमा जर्मनीसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरियो । २०११ को कोपा अमेरिकामा अर्जेन्टिना उरुग्वेसँग निराश हुदा मेस्सीको राष्ट्रिय टोलीबाट उपाधि जित्ने सपना पनि तुहिएको थियो । उनले यि दुवै प्रतियोगितामा कुनै पनि गोल गर्न सकेका थिएनन् ।

तर अर्जेन्टिनाले सन् २०१४ को विश्वकपमा उच्च प्रदर्शन गर्दै फाइनलसम्म पुग्न सफल भएको थियो । अर्जेन्टिनाले विश्वकपको फाइनल यात्रामा बोस्निया एन्ड हर्जगोभिना, इरान, नाइजेरिया, स्वीट्जरल्यान्ड, बेल्जियम र नेदरल्यान्ड्सलाई हराएको थियो । तर, फाइनलमा जर्मनीले पुन एकपटक मेस्सीलाई उपाधिबाट विमुख बनाइदियो ।

प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयको अन्त्यतिर मारियो गोट्जेले गोल गरेपछि जर्मनीले उपाधि जित्दा अर्जेन्टिना र मेस्सी निराश बन्न पुग्यो । विश्वकपमा चार गोल गरेका मेस्सीले गोल्डेन बल जितेका थिए ।

सन् २०१५ (कोपा अमेरिका)

सन् २०१५ को कोपा अमेरिकामा मेस्सीले १ गोल र ३ असिस्ट दिदा उनको टोली अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा चिली बाधक बन्दा मेस्सीले राष्ट्रबाट उपाधि जित्न सकेन । चिलीले पेनाल्टी सुटआउटमा अर्जेन्टिनालाई ४–१ ले निराश पारेको थियो ।

सन् २०१६ (कोपा अमेरिका)

अर्जेन्टिना कोपा अमेरिका कप १ सय वर्ष पुगेको उपलक्ष्यमा आयोजना भएको कोपा अमेरिका सेन्तानारियोको पनि फाइनलमा पुग्न सफल भएको थियो । यसपटक पनि अर्जेन्टिना र मेस्सीको उपाधि यात्रामा चिली नै बाधक बन्यो । अर्जेन्टिनाले चिलीलाई समूह चरणमा २–१ ले हराएपनि फाइनलमा पेनाल्टी सुटआउटमा ४–२ ले नतिजा सुम्पदा चिली लगातार दोस्रो सिजन कोपाको च्याम्पियन बनेको थियो ।

उनले उक्त कोपामा एक ह्याट्रिकसहित ५ गोल गरेका थिए । उनले पेनाल्टी सुटआउटमा गोल गर्न सकेका थिएनन् । लगातार फाइनल गुमाएपछि मेस्सीले आवेगमा आउँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।

तर, उनले आफ्नो निर्णय फिर्ता लिदै पुनः टोलीमा फर्किएका थिए । २०१८ को विश्वकपमा अर्जेन्टिना प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेन । सन् २०१९ को कोपा अमेरिकामा उनको टोलीले तेस्रो स्थान हासिल गरेको थियो । रेफ्रीको निर्णयमा प्रश्न उठाएपछि उनलाई तीन खेलको प्रतिबन्ध सुनाइदा चिली, मेक्सिको र जर्मनीविरुद्धको खेल गुमाएका थिए ।

सन् २०२१ (कोपा अमेरिका)

यसपटक कप्तान मेस्सीले गज्जवको प्रदर्शन गरिरहेका छन् । उनले ६ खेलमा ४ गोल र ५ असिस्ट दिएका छन् । अर्जेन्टिनाले गरेको ११ मध्ये ९ गोलमा उनको भुमिका छ । घरेलु टोली ब्राजिललाई हराउन सके उनले राष्ट्रबाट पहिलो उपाधि जित्नेछन् भने अर्जेन्टिना २८ वर्षपछि च्याम्पियन बन्नेछ ।

अर्जेन्टिनाले सन् १९९३ पछि चार पटक फाइनलमा पुगेपनि उपाधि जित्न सकेको छैन । कोपामा च्याम्पियन बन्न सके मेस्सीले आफ्नो इतिहासमा अर्काे अध्याय कोर्नेछन् । क्लब फुटबलमा सबै खाले उपाधि जितेको मेस्सी त्यसपछि आफ्नो पुस्तामा सदावहार खेलाडीको रुपमा रहनेछन् ।

यति मात्र होइन मेस्सीले ब्राजिलविरुद्ध गोल गर्न सके दक्षिण अमेरिकामा विश्व फुटबलकै महान् खेलाडी ब्राजिली पेलेले राखेको सर्वाधिक ७७ गोलको कीर्तिमानलाई भेट्टाउने छन् । दुई गोल गर्न सके उनी दक्षिण अमेरिकामा सर्वाधिक गोल गर्न खेलाडीको सुचीमा शीर्षमा रहनेछन् । पेलेले ९० खेलमा यो कीर्तिमान राखेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.