default_image

4 years ago

July 12, 2021

डोनारुम्मा युरोकै सर्वोत्कृष्ट खेलाडी

193 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को उपाधि विजेता इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यूईएफए युरो २०२० को प्राविधिक समितिले उनलाई सर्वोत्कृष्ट खेलाडी चुनेको हो । २२ वर्षीय डोनारुम्माले फाइनलमा सानदार प्रदर्शन गरेपछि इटालीले दोस्रो पटक युरोको उपाधि जितेको थियो । टाइब्रेकरमा इटालीले जित हासिल गर्दा उनले २ प्रहार रोकेका थिए ।

युरोको ७ खेलमा ७ सय १९ मिनेट खेलेका उनले यसक्रममा ३ क्लिनसिट राख्दै ४ गोल मात्र खाएका थिए । उनले यसक्रममा ९ बचाउ समेत गरेका थिए । डोनारुम्माले सेमिफाइनलमा स्पेन र फाइनलमा इंग्ल्यान्डविरुद्ध टाइब्रेकरमा निर्णायक भूमिका खेलेका थिए ।

समूह चरणमा कुनै गोल नखाएका डोनारुम्माले समग्रमा अन्तर्राष्ट्रिय फुटबलमा १ हजार मिनेटभन्दा बढी गोल नखाने कीर्तिमान समेत बनाएका थिए । उनले व्यक्तिगत र टोलीको महत्त्वपूर्ण सदस्यको रुपमा गरेको प्रदर्शनलाई आधार मान्दै प्राविधिक समितले उनलाई उत्कृष्ट खेलाडीमा चुनेको हो ।

यसअघिका सर्वोत्कृष्ट खेलाडी :

१९९६ : माथिअस सामर (जर्मनी)

२००० : जिनेदिन जिदान (फ्रान्स)

२००४ : थेओदोरोस जागोर्काइस (ग्रीस)

२००८ : जाभी हर्नान्डेज (स्पेन)

२०१२ : आन्द्रेस इनिएस्टा (स्पेन)

२०१६ : एन्टोइन ग्रिजमन (फ्रान्स)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.