default_image

4 years ago

July 12, 2021

स्पेनका पेड्री युरोको उत्कृष्ट युवा खेलाडी

309 views

0 Bookmark

एजेन्सी – स्पेनिस मिडफिल्डर पेड्री १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । आइतबार सकिएको युरोकप २०२० मा उत्कृष्ट प्रदर्शन गरेका क्याटलान क्लब बार्सिलोनाका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका हुन् ।

११ जुनदेखि ११ जुलाईसम्म युरोपको ११ शहरमा आयोजना भएको युरोमा उनले ६ खेल खेलेका थिए । उनले प्रि–क्वाटरफाइनलमा क्रोएसियाविरुद्ध एक आत्मघाती गोल गरेका थिए । तर, उनको टोली स्पेन सेमिफाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै बाहिरिएको थियो । १८ वर्षीय पेड्री यो अवार्ड पाउने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१६ मा पोर्चुगलका रेनाटो सान्चेजले यो अवार्ड जितेका थिए । अवार्ड सुरुवात सोही संस्करणबाट नै भएको थियो ।

युरोको गोल्डेन बुट पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको हात पारेको छ । उनले युरोभर कुल ५ गोल र एक असिस्ट दिएका थिए । समान ५ गोल गरेपनि चेकका प्याट्रिक सिक असिस्टमा पछि परे । चार गोल गरेका फ्रान्सका करिम बेन्जेमा सर्वाधिक गोलकर्ताको सुचीमा तेस्रोमा रहे । चार गोल गर्नेमा युरोको उपविजेता इंग्ल्यान्डका कप्तान ह्यारी केन, बेल्जियमका रोमेलु लुकाकु रस्वीडेनका इमिल फोर्सवर्ग रहेका थिए ।

यस्तै इटालीका युवा गोलरक्षक जियानलुइजी डोन्नररुम्मा युरोको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । इटालीलाई युरोको च्याम्पियन बनाउन जियानलुइजीले फाइनलमा इंग्ल्यान्डको दुई पेनाल्टी बचाएका थिए । उनले युरोभर तीन क्लिन सिट राखेका थिए । ९ उत्कृष्ट बचाउ गरेका थिए । उनी स्पेनविरुद्धको सेमिफाइनलमा पनि पेनाल्टी सुटआउटमा नायक बनेका थिए

युरोको उपाधि भने इटालीले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रोपटक उपाधि जितेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी तथा अतिरिक्त समयमा सोही नतिजा कायम रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा लिइएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.