default_image

4 years ago

July 12, 2021

फाइनलमा पेनाल्टी चुकाएका तीन इंग्लिस खेलाडीमाथि रंगभेदी दुर्व्यवहार

282 views

0 Bookmark

एजेन्सी – इंग्लिस फुटबल एसोसिएसन (दि एफए) ले युरो २०२० को फाइनलमा पराजित भएपछि पेनाल्टी चुकाएका आफ्ना तीन खेलाडीमाथि सामाजिक सन्जालमार्फत रंगभेदी दुर्व्यवहार भएको घटनाको भर्त्सना गरेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डले इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ को हार बेहोर्दा इंग्ल्यान्डका तीन खेलाडी मार्कस रासफोर्ड, जाडोन सान्चो र बुकायो साकाले पेनाल्टी चुकाएका थिए ।

लन्डन महानगरीय प्रहरीले यो दुव्र्यवहारको घट्नाबारे अनुसन्धान गरिरहेको छ । उसले भनेको छ, ‘यो स्वीकार गर्न सकिने घटना होइन ।’ द एफएले खेलाडीमाथिको दुव्र्यवहारबाट स्तब्ध भएको जनाएको छ ।

रंगभेदी व्यवहारविरुद्धको लडाईमा साथ दिन भन्दै युरो २०२० मा इंग्ल्यान्डबका खेलाडीले खेल सुरु हुनुअघि घुँडाले टेकेर समर्थन गर्ने गरेका थिए । इंग्लिस टिमले पनि इटालीविरुद्धको फाइनलहरु त्यही गरेको थियो ।

‘यो व्यवहार कसले गरेको हो भन्नेबारे हामीले यकिन गर्न सकिरहेका छैनौं । तर एउटा कुरा के प्रष्ट हो भने हामी कसैलाई पनि छाड्दैनौं,’ एफएको वक्तव्यमा उल्लेख छ, ‘हामी पीडित खेलाडीको सुरक्षाका लागि हरसम्भव प्रयास गर्नेछौं ।’

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले बुकायो साकालाई दोस्रो हाफमा तथा मार्कस रासफोर्ड र जाडोन सान्चोलाई पेनाल्टीकै लागि अतिरिक्त समयको अन्त्यतिर मैदान प्रवेश गराएका थिए ।

इटालीले पहिलो पेनाल्टी प्रहार गर्दा डोमिनिको बेरारडीले गोल गर्न सफल भएका थिए । इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गरेपछि खेल १–१ को बराबरी भएको थियो । इटालीका एन्ड्रिय बेलोट्टीको दोस्रो पेनाल्टीलाई गोलरक्षक जोर्डन पिकपोर्डले बचाउँदा इंग्ल्यान्ड जिततर्फ अघि बढेको थियो । त्यसपछि ह्यारी मगाएरले गोल गर्न सफल हुँदा इंग्ल्यान्डले अग्रता लिएका थियो ।

त्यसपछि लियोनार्दाे बोनुचीले गोल गर्दै इटालीलाई खेलमा फर्काए । पेनाल्टीकै लागि ल्याइएका मार्कस रासफोर्डको पेनाल्टी पोलमा लागेर फर्कदा इंग्याल्यान्ड अग्रता लिनबाट चुक्यो । त्यसपछि फेडरिको बर्नरडेस्चीले गोल गर्दै इटालीलाई अघि बढाए । पेनाल्टीकै ल्याइएका जाडोन साञ्चोको पेनाल्टीलाई इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले बचाउँदै इटालीलाई जिततर्फ अघि बढाए ।

तर, जर्गिन्होको पेनाल्टीलाई पिकफोर्डले बचाउँर्द इंग्ल्यान्डको सम्भावना जीवितै राखे । बुकायो साको अन्तिम पेनाल्टीलाई पनि जियानलुइजीले बचाएपछि इटाली च्याम्पियन बन्न सफल भएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.