9 years ago
November 4, 2016
इस्तानबुल (एजेन्सी)
म्यानचेस्टर युनाइटेड खराब प्रदर्शन नरोकिएपछि प्रशिक्षक जोजे माउरिन्हो थप दबाममा परेका छन् । प्रिमियर सिपमा बर्नलीसँग गोलरहित बराबरी खेलेपछी युरोपा लिगमा खेल्न टर्की पुगेको युनाइटेड बिहिबार फेनरबाचसँग २–१ ले पराजित भएको छ ।

दुई साताअघि घरेलु मैदानमा ४–१ ले विजयी भएको युनाईटेड बिहीबार खेल नियन्त्रणका राख्नाका वावजुद पराजित भएको थियो । खेलको दोस्रो मिनेटमै स्ट्राइकर मुसा शोले उत्कृष्ट गोलबाट फेनरवाचले अग्रता लिएको थियो ।
पेनाल्टी बक्स भित्रबाट मुसाले एक्रोब्याटटिक किकमार्फत हानेको बललाई युनाइटेडका गोलकिपर डेभिड डि गियाले रोक्ने मौका समेत पाएनन् । फेनरवाचले ५९ औं मिनेटमा जेरिमेन लेन्सले फ्रिकिकबाट गोल अन्तरलाई दोब्बर पारेको थियो ।
खेलको ८९ औं मिनेटमा युनाइटेडका कप्तान वायन रुनीले २५ यार्ड टाढाबाट गोल गरेपनि युनाइटेडको हार टरेन । समूह ए मा रहेको युनाइटेड अंक तालिकाको तेस्रो स्थानमा झरेको छ भने फेनरवाच पहिलो स्थानमा उक्लिएको छ । फेनरवाचको ७ र युनाईटेडको ६ अंक छ ।
त्यस्तै समुहको अर्को खेलमा फेयन्हूडले जोर्यासङ १-१ को ड्र खेले पछी १ अंक बटुल्दै समुहको दोस्रो स्थानमा बस्न सफल भयो ।
अन्य नतिजाहरु
आस्टाना १-१ ओलम्पियाकस्
निकोसिया १-० योङ ब्वाइज
एन्डर्ले ६ – मैन्ज ०५
काबाला १-२ सेन्ट एटिनी
टेल अभिव – अल्कमार्
जेनित – डुन्ड्लक्
गिर्गु – भिक्टोरिया प्ल्ज्न्
वेइन २-४ रोमा
एथ्लेटिक बिल्बावो ५-३ जेन्क्
सासासोलो २-२ रेपिड वेन्
आजक्स ३-२ सेल्टा भिगो
पानाथिनाइकोस ०-३ स्टेनडर्ड लिग
ब्रागा ३-१ कोन्यास्पोर्
जेन्ट ३-५ शाक्टार डोनेस्क्ट्
निस ०-२ स्लाज्बर्ग्
शाल्के २-० क्रास्नोडर
फिओरेन्टिना ३-० स्लोभान लिभेरेक्
पाओक थेसालोनिकी ०-१ काराबाक्
साउथ्ह्याम्टन २-१ इन्टर्
स्पार्टा पारुग २-० हापोइल बियार शेभा
ज्युरिक ०-० स्टाउ बुकुरेस्टि
भिलारियल १-२ ओस्मान्लिस्पोर
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]