default_image

3 years ago

July 22, 2021

मैत्रीपूर्ण खेलमा विक्रमको टोलीले अनन्तको टोलीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको आन्तरिक मैत्रीपूर्ण खेल अन्तर्गत विहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा डिफेन्डर अनन्त तामाङको टोलीलाई मिडफिल्डर विक्रम लामाको टोलीले ३-२ ले पराजित गरेको छ । तस्बिर सौजन्य : एन्फा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हरेक साता हुने मैत्रीपूर्ण खेलमा आफ्ना खेलाडीलाई रणनीतिक रुपमा तयार रहुन् भन्ने लक्ष्यसहित टोलीको प्रशिक्षक बन्ने जिम्मेवारी दिँदै आएका […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको आन्तरिक मैत्रीपूर्ण खेल अन्तर्गत विहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा डिफेन्डर अनन्त तामाङको टोलीलाई मिडफिल्डर विक्रम लामाको टोलीले ३-२ ले पराजित गरेको छ ।

तस्बिर सौजन्य : एन्फा

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हरेक साता हुने मैत्रीपूर्ण खेलमा आफ्ना खेलाडीलाई रणनीतिक रुपमा तयार रहुन् भन्ने लक्ष्यसहित टोलीको प्रशिक्षक बन्ने जिम्मेवारी दिँदै आएका छन् । विहीबार अनन्तको टोलीले खेलममा सुरुवाती अग्रता लिएपनि विक्रमको टोलीले खेल बराबरी गरेको थियो ।

खेलको पाँचौ मिनेटमा नै नै नवयुग श्रेष्ठले गोल गर्दै अनन्तको टोलीलाई अग्रता दिलाएका थिए । उनले विशाल राइले बायाँ विंगबाट दिएको क्रसलाई पहिलो टचमा गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै विक्रमको टोलीले बराबरी गोल फर्कायो । तेज तामाङले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि सन्तोष तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

२३ औं मिनेटमा कमल थापाले गोल गर्दै विक्रमको टोलीलाई अघि बढाए । उनले अभिषेक रिजालले दिएको पासलाई पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरेका थिए । उनले पहिलो टचमा टप कर्नरमा गरेको प्रहार गोलरक्षक किरणले बचाउने कुनै मौका पाएनन् । ३१ औं मिनेटमा नवयुगको प्रहारलाई विशाल श्रेष्ठले सानदार बचाउ गर्दै खेलमा अग्रता बनाइरहे ।

दोस्रो हाफको ५० औं मिनेटमा अनन्तको टोलीले बराबरी गोल फर्कायो । बायाँ विंगबाट विशाल राइको फ्रिकिकमा सुजल श्रेष्ठले हेडरमार्फत गोल गरेका थिए । ८० औं मिनेटमा आशिष लामाले पेनाल्टीमार्फत गोल गर्दै खेलमा विक्रमको टोलीलाई अघि बढाए । पुजन उपरकोटीले वैकल्पिक खेलाडी आयुष घलानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । खेलको अन्त्यतिर प्रशिक्षक अलमुताइरी अनन्तको टोलीबाट मैदान उत्रिएका थिए ।

सुरुवाती ११ :

अनन्तको टोली : किरण चेम्जोङ : गौतम श्रेष्ठ, दीनेश राजवंशी, पुजनउपरकोटी, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राइ, नितिन थापा, अन्जन विष्ट, भरत खवास, नवयुग श्रेष्ठ

विक्रमको टोली : विशाल श्रेष्ठ, सुनिल बल, राजन गुरुङ, रन्दिप पौडेल, सुमन लामा, सुरज जिउ ठकुरी, कमल थापा, सन्तोष तामाङ, अभिषेक रिजाल, आशिष लामा, राजीव लोप्चन

दोस्रो हाफमा जर्जप्रिन्स कार्की, आयुष घलान, दीप कार्की, अर्पण कार्की, त्रिदेव गुरुङ, मनिष डाँगी लगायत खेलाडीसँगै प्रशिक्षकत्रय अब्दुल्लाह अलमुताइरी, किरण श्रेष्ठ र विकास मल्ल, फिजियो आविष्कार पुडासैनी र किटम्यान विकास गुरुङ पनि मैदान प्रवेश गरेका थिए ।

यसअघिका खेलमा किरण चेम्जोङ र विकेश कुथुको टोलीले ३-३ को बराबरी तथा अब्दुल्लाह अलमुताइरी र किरण श्रेष्ठको टोलीले १-१ को बराबरी खेलेका थिए ।

यो पनि : राष्ट्रिय टोलीबाट १४ खेलाडी बाहिरिए

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.