default_image

3 years ago

July 27, 2021

भरानले रियल छाड्ने

एजेन्सी – फ्रान्सेली सेन्टरब्याक राफयल भरानले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने भएका छन् । उनले १० सिजन लामो रियल बसाईलाई बिट मादै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने तय भएको बुझिएको छ । म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडबीच भरानको विषयमा सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । म्यानचेस्टर र रियलबीच ४१ मिलियन पाउन्ड बराबर सम्झौता […]

45 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली सेन्टरब्याक राफयल भरानले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने भएका छन् । उनले १० सिजन लामो रियल बसाईलाई बिट मादै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने तय भएको बुझिएको छ ।

म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडबीच भरानको विषयमा सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । म्यानचेस्टर र रियलबीच ४१ मिलियन पाउन्ड बराबर सम्झौता भएको बुझिएको छ । भरानले पनि क्लब छाड्ने भएपछि झन्डै एक दशपछि रियलको रक्षापङ्ति सर्जियो रामोस र भरानविनाको नै हुने भएको छ ।

रामोस पनि यसै समरमा रियल छाड्दै फ्रान्सेली क्लब प पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगिसकेका छन् । भरान यो सिजनमा युनाइटेडको दोस्रो ठुलो सम्झौता हुनेछन् । यसअघि युनाइटेडले इग्लिस विंगर जेडान सान्चोलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ७३ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

दुई क्लबको बीचमा विगत एक महिनादेखि छलफल भइरहेको थियो । पछिल्लो साताको वार्ताले उनीहरु सहमति नजिक पुग्दा सोमबार भरानको पारिश्रमिकमा सहमति भएको हो । सम्झौता अनुसार ३४ मिलियन पाउन्ड पारिश्रमिक र ७ मिलियन बोनसको रुपमा रहनेछ । यसको अथै उनको मुल्य ४१ मिलियन पाउन्ड रहनेछ । यो सम्झौता पछि रियलले भरानको पुर्व क्लब लेन्सलाई १ मिलियन पाउन्ड तिर्नेछ ।

सम्भवत उनको मंगलबार मेडिकल परिक्षण हुनेछ । त्यसपछि म्यानचेस्टरले भरानलाई आधिकारिक रुपमा सार्वजनिक गर्नेछ । भरानको आगमनसँगै म्यानचेस्टरको रक्षापङ्ति इंग्लिस डिफेन्डर ह्यारी मगाएरले साझेदारी गर्नेछ । रियलमा सम्झौता अवधि एक वर्ष बाँकी छँदै २८ वर्षीय भरानले नयाँ चुनौती लिनको लागि सम्झौता नविकरणलाई इच्छुक भएनन् ।

भरानले नै क्लब छाड्ने मनासय बनाएपछि रियलले अर्काे समरमा फ्रि एजेन्टमा छाड्नुभन्दा यसै समरमा बेच्ने निष्कर्षमा पुगेको हो । सन् २०११ मा फ्रान्सेली क्लब लेन्सबाट रियल आएका सेन्टरब्याक भरानले रियलमा १० सिजन बिताउँदा ३६० खेलमा १७ गोल गरेका छन् ।

फ्रान्स २०१८ को विश्व विजेता बन्दा टोलीका सदस्य रहेका उनले रियलबाट तीन स्पेनिस ला लिगा, चार च्याम्पियन लिग, चार फिफा क्लब विश्वकप, तीन युइएफए सुपरकप, तीन स्पेनिस सुपर कप र एक कोपा डेल रे जितेका छन् । २०१३ देखि फ्रान्सको राष्ट्रिय टोलीमा रहेका भरानले ७९ खेलमा ५ गोल गरेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.