default_image

3 years ago

July 27, 2021

कप्तान किरण भन्छन् – ‘गल्ती हैन समाधान निकालौं’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले सामाजिक संजालमार्फत सबैलाई एकतृत भएर अघि बढ्न आग्रह गरेका छन् । आइतबार प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारण देखाउँदै राजीनामा दिने बताएपछि फुटबल वृतमा अहिले माहोल बदलिएको छ । साफ च्याम्पियनसिपको आयोजना र तयारीमा व्यस्त रहनुपर्ने समयमा अहिले प्रशिक्षकको राजीनामा […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले सामाजिक संजालमार्फत सबैलाई एकतृत भएर अघि बढ्न आग्रह गरेका छन् ।

आइतबार प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारण देखाउँदै राजीनामा दिने बताएपछि फुटबल वृतमा अहिले माहोल बदलिएको छ । साफ च्याम्पियनसिपको आयोजना र तयारीमा व्यस्त रहनुपर्ने समयमा अहिले प्रशिक्षकको राजीनामा प्रकरणले स्थान लिएको छ । प्रशिक्षक अलमुताइरीले औपचारिक रुपमा राजीनामा नबुझाएपनि उनी प्रशिक्षणमा भने उपस्थित भएनन् ।

कप्तान किरणले सोमबार बेलुका फेसबुकमार्फत गल्ती नभएर समाधान खोज्न आग्रहसहितको संदेश राखेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय टोली परिवार हो । र एकै परिवामा बसेपछि केहि समस्या आउने हामीले सुनेकै छौं । हामीलाई थाहा छैन को सहि छ र को गलत तर हामी राष्ट्रिय टोली कसैलाई पनि गुमाउन चाहदैनौं । यो समय आउने खेल र प्रतियोगिताको लागि एकतृत हुने हो । त्यसैले गल्ती खोज्ने हैन, समाधान खोजौं । एक गोल एक राष्ट्र ।’

राष्ट्रिय टोलीको कप्तानले आफ्नो टोलीको प्रतिनिधित्व गर्दै सामाजिक संजालमा यस किसिमले प्रस्तुत हुनुले पनि टोलीको तयारीमा असर परेको बुझ्न सकिन्छ । मानसिक रुपमा पनि खेलाडीहरु कस्तो अवस्थामा छन् भन्ने आँकलन गर्न कठिन छैन । विश्वकप छनोटपछि एक लयमा प्रशिक्षण गरिरहेको टोलीमा यो प्रकरणले पक्कै ठेस पुर्याएको छ ।

एन्फाले प्रशिक्षकलाई तनावमा रहेको कारण केहि दिन विश्राम लिन भनेको प्रवक्ता किरण राईले जानकारी दिएका थिए । यता आरोप लागेका वरिष्ठ उपाध्यक्ष पंकन नेम्वाङले भने यस विषयको छानविन हुनुपर्ने माग राखेका छन् ।

यो पनि पढ्नुहोस : फुटबल खेलभित्रै एन्फा राजनीतिको बाछिट्टा

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.