default_image

3 years ago

July 28, 2021

चेल्सीको पूनरागमन जित, सिटी पनि विजयी

एजेन्सी – युरोपियन च्याम्पियन इंग्लिस क्लब चेल्सीले प्रि–सिजन अन्तर्गतको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली बर्नमाउथमाथि २–१ को जित दर्ता गरेको हो । चेल्सीको जितमा अर्मान्डो ब्रोजा र इके उग्बोले गोल गरे । बर्नमाउथका इमिलियानो मार्कोन्डेसले एक गोल फर्काए । पहिलो हाफ […]

29 views

0 Bookmark

एजेन्सी – युरोपियन च्याम्पियन इंग्लिस क्लब चेल्सीले प्रि–सिजन अन्तर्गतको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली बर्नमाउथमाथि २–१ को जित दर्ता गरेको हो ।

चेल्सीको जितमा अर्मान्डो ब्रोजा र इके उग्बोले गोल गरे । बर्नमाउथका इमिलियानो मार्कोन्डेसले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा घरेलु टोली बर्नमाउथले ६६औं मिनेटमा मार्कोन्डेसको गोलबाट सुरुवाती अग्रथा लिएको थियो ।

तर बर्नमाउथको त्यो अग्रता लामो समय टिकेन । ७२औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । ७६औं मिनेटमा उग्बोले गोल गर्दै चेल्सीलाई २–१ को पूनरागमन जित पदलाए । चेल्सीले अब आर्सनल र टोटेनहमसँग पनि मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । त्यसपछि चेल्सीले १२ अगस्टमा युइएफए सुपर कपको उपाधि लागि स्पेनिस क्लब भिल्लारियलसँग खेल्दै छ ।

यस्तै गत सिजनको प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले मैत्रीपुर्ण खेलमा दोस्रो डिभिजन क्लब प्रेस्टनमाथि २–० को सहज जित दर्ता गरेको छ । सिटीको जितमा रियाद महारेज र सामुअल इडोजेले गोल गरे । खेलको २५औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६४औं मिनेटमा इडोजेले गोल गर्दै सिटीलाई २–० को सहज जित दिलाए ।

सिटीले ७ अगस्टमा कम्युनिटी शिल्डको उपाधिको लागि प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीसँग खेल्दैछ । त्यसअघि सिटीले १ अगस्टमा फ्रान्सेली क्लब ट्रोएससँग मैत्रीपुर्ण खेल खेल्दैछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.