default_image

3 years ago

July 30, 2021

साफ च्याम्पियनसिप – सरकारले ५ करोड दिने

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप आयोजनाका लागि १० करोड रुपैयाँ खर्च हुने एन्फाले अनुमान गरेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप नेपालमा आयोजना गर्न आवश्यक पर्ने कुल दश करोड रुपैयाँ बराबरको विस्तृत प्रस्तावसहित साफलाई अनुरोध गर्ने एन्फाले निर्णय गरेको छ । एन्फा केन्द्रिय कार्यसमितिको आपतकालीन बैठकले साफ आयोजनाका लागि सरकारले ५ करोड […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप आयोजनाका लागि १० करोड रुपैयाँ खर्च हुने एन्फाले अनुमान गरेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप नेपालमा आयोजना गर्न आवश्यक पर्ने कुल दश करोड रुपैयाँ बराबरको विस्तृत प्रस्तावसहित साफलाई अनुरोध गर्ने एन्फाले निर्णय गरेको छ ।

एन्फा केन्द्रिय कार्यसमितिको आपतकालीन बैठकले साफ आयोजनाका लागि सरकारले ५ करोड रुपैयाँ प्रदान गर्ने मन्त्री स्तरीय निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिने समेत निर्णय गरेको छ । साफ च्याम्पियनसिका लागि प्रस्ताव गर्ने साफले एन्फालाई आग्रह गरेको थियो । सरकारबाट आयोजनाका लागि ५ करोड रुपैयाँ श्रोत सुनिश्चितता प्रतिवद्धता पत्र प्राप्त भएको एन्फाले जनाएको छ ।

शुक्रबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो । त्यससँगै सहभागी टोलीहरुले प्रतियोगिता अक्टोबरमा गर्न सहमति गरेका थिए । आयोजनाका लागि शुक्रबारको बैठकमा नेपालसँगै माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका थिए ।

आइतबार भने नेपालले साफबाट आयोजना गर्न औपचारिक प्रस्ताव राख्ने अवसर पाएको थियो । आयोजना बारे अन्तिम निर्णय भने साफले नै गर्नेछ । प्रतियोगितामा भने ५ टोलीको मात्र सहभागिता रहने सम्भावना छ । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन । भुटानमा भने कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध रहेका कारण सहभागिता नहुने भएको हो । आयोजना दावी गरेका नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले प्रतियोगितामा सहभागिता जनाउने देखिन्छ ।

यसअघि एन्फाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै आयोजना आवेदनका लागि स्वीकृति पाएको थियो । तर उक्त स्वीकृति पाएको दुई दिन नबित्दै सरकार परिवर्तन भएको थियो । यसका बाबजुद पनि एन्फा आयोजना गर्न अघि सरेको थियो । सरकारबाट सकारात्मक सहयोग पाउनेमा एन्फा आशावादी छ । पछिल्लो पटक नेपालले सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गर्दा सेमिफाइनल पुगेको थियो । नेपाल अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुगेको छैन ।

यो पनि : एन्फाले छानबिनका लागि मन्त्रालयलाई अनुरोध गर्ने

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.