9 years ago
November 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र टिमोर लिस्टेबीच पाँच बर्षअघि दशरथ रंगशालमा दुईवटा खेल भएको थियो । सन् २०१४ को विश्वकपका लागि २०११ मा पहिलो चरणको छनोटमा यी दुई टोलीबीच प्रतिस्र्धा भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो ।
दुई टोलीबीच त्यसयता पहिलो पटक आज (शनिबार) साँझ मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपमा भेट हुँदैछ । त्यति बेलका दुई खेलमा नेपालले दुई खेलमा ७ गोल गरेको थियो भने १ गोलमात्र खाएको थियो । पहिलो खेलमा २–१ को कठिन जित निकालेको नेपालले अर्को खेलमा ५–० को सफलता प्राप्त गरेको थियो ।

पाँच बर्षमा नेपाली टोलीमा निकै परिवर्तन भइसकेको छ । पक्कै पनि टिमोर लिस्टेमा पनि परिवर्तन भएको हुनुपर्छ । नेपाली टोलीका कप्तान अनिल गुरुङकै भनाईमा पनि पाँच बर्षको बीचमा टिमोर लिस्टेको खेलमा निकै सुधार आइसकेको छ । ब्रुनाईसँगको टिमोर लिस्टको पहिलो खेल हेरेपछि अनिलले यस्तो प्रतिक्रिया दिएका हुन् । यद्दपी, खेलअघि सबैले विपक्षी टोलीको सम्मान गर्ने प्रचलन अनुसार अनिलले टिमोर लिस्टको आदर गर्ने क्रममा यस्तो भनेका पनि हुन सक्छन् । अनिलले ब्रुनाईसँग खेल्दा मैदान फिजेका कारण टिमोर लिस्टेका खेलाडीले आफ्नो वास्तविक प्रदर्शन गर्न नसकेको अनुमान पनि गरेका छन् ।

पहिलो खेल हारिसकेकोले टिमोर लिस्टेसँग नेपालको खेल ‘गर वा मर’को अवस्थामा हुनेछ । त्यसकारण पनि टिमोर लिस्टले आफ्नो सबै खाले उपाय नेपालविरुद्ध लगाउनेछ । पाँच बर्षअघि टिमोर लिस्टेविरुद्ध गोल गर्ने मध्येका अनिल एक हुन् । उनले त्यति बेला पहिलो र दोस्रो खेल दुवैमा गोल गरेका थिए । तर, अहिले अनिल पहिलो रोजाइमै पर्ने सम्भावना कम छ ।
अनिल जस्तै दुवै खेलमा गोल गर्ने जुमा
नु राई अहिले टोलमिा छैनन् । अनिल र जुमानु बाहेक दोस्रो खेलमा भोला सिलवाल, सुजल श्रेष्ठ र जगजित श्रेष्ठले गोल गरेका थिए । लामो समय चोटबाट सताइएका कारण भोला अहिले टोलीमा छैनन् । व्यवसायिक फुटबल खेल्ने क्रममा जगजित अस्ट्रेलियामा छन् । उनलाई यसपटक बन्द प्रशिक्षणमा पनि डाकिएन ।
अब त्यति बेला गोल गर्ने मध्येका सुजलमात्र यसपटक टिमोर लिस्टेविरुद्ध पहिलो रोजाइमा पर्ने सम्भावना छ । सुजलले टिमोर लिस्टेविरुद्धको गोलको सिलसिलालाई यसपटक पनि निरन्तरता देलान? वा अरु खेलाडीको गोलमा नेपाल आजको खेलमा विजयी होला ? या नेपालले पाँच बर्षअघि खेलेको भन्दा टिमोर लिस्टे बलियो रुपमा प्रस्तुत होला ? आज साँझ नेपाली समयअनुसार सवा पाँच बजे खेल सुरु हुँदा नेपाली फुटबल प्रेमीको मनमा यस्तै यस्तै कौतुहता रहनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]