default_image

4 years ago

August 1, 2021

खेलाडी अनुबन्धनमा सातदोबाटो आक्रामक

327 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलोपटक शीर्ष डिभिजन खेल्ने तयारीमा रहेको ललितपुरको सातदोबाटो युथ क्लब खेलाडी अनुबन्धनमा आक्रामक देखिएको छ ।

सातदोबाटोले आइतबार मात्रै ‘बी’ डिभिजन च्याम्पियन बनाउँदाका कप्तान वसन्त तामाङको सम्झौता नविकरण गर्दा गोलरक्षक अभिषेक बराल, आशिष राई, सुदिप गुरुङ र प्रकाश पुनलाई क्लबमा अनुबन्ध गरेको जानकारी गराएको छ । उनीहरुलाई सहिद स्मारक ‘ए’ डिभिजन लिग अवधिभरको लागि सम्झौता गरिएको बुझिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा), लिग कमिटि र ‘ए’ डिभिजनका १४ क्लबको प्रतिनिधिबीचको आइतबारको छलफलले लिग १५ नोभेम्वर अर्थात २९ कार्तिकबाट गर्ने निर्णय गरेको छ । यसअघि ३ असोजबाट लिग गर्ने एन्फाको तयारी थियो । सातदोबाटोले गोलरक्षक अभिषेक बराललाई ललितपुरकै च्यासल युथ क्लबबाट अनुबन्ध गरेको हो । उनी त्यसअघि थ्री स्टार क्लबको तेस्रो रोजाईका गोलरक्षक रहेका थिए ।

आशिष राईले मोफसलमा थ्री स्टारबाट खेलेका थिए । त्यसअघि उनले ‘बी’ डिभिजनमा श्री कुमारी क्लबबाट खेलेका थिए । मिडफिल्डर सुदिप गुरुङले यसअघि तल्लो श्रेणीमा टुसाल युथ क्लबबाट खेलेका थिए । मिडफिल्डर प्रकाश पुन यसअघि विभागीय नेपाल एपिएफ क्लबमा रहेका थिए ।

यसअघि सातदोबाटोले विदेशी खेलाडीको रुपमा नेपाल फुटबलका परिचित डिफेन्डर पिटर सेगुन, राष्ट्रिय टोलीका पुर्व सदस्य तथा हिमालयन शेर्पा क्लबका कप्तान मान बहादुर तामाङ र युवा खेलाडी स्यान्सु भुसाललाई क्लबमा अनुबन्ध गरिसकेको छ ।

यस्तै आदिल हामिद, करण रावत र रन्जन पुनलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ । लिगमा उच्च प्रदर्शन गर्ने अपेक्षासहित क्लबले मेघराज केसीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । टोलीलाई थप बलियो बनाउन केही नाम चलेका स्टार खेलाडीलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको क्लबले जनाएको छ ।

क्लब स्थापनाको २८ वर्ष पुग्दा ‘बी’ डिभिजनमा ११ वर्ष बढी बिताएपछि सातदोबाटो गत फागुनमा ‘बी’ डिभिजन च्याम्पियन हुँदै शीर्ष डिभिजनमा उक्लन सफल भएको थियो । ‘बी’ डिभिजन लिगमा मात्र एक खेल गुमाएको थियो । सातदोबाटोले ११ खेल मध्य ९ मा जित, १ मा बराबरी र १ खेल गुमाएको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.