9 years ago
November 5, 2016
बिक्रम आचार्य
कतिपय अवस्थाहरु भावनात्मक पनि हुन्छन , कतै यथार्थका उठान गर्दा कहीकतै चोट पर्छ भन्ने मानसिकताले सताउछ , नेपाली फुटबल र पङतिकारको मानसिक जुधाइले पटक पटक कलम बिसाउनु अर्को यथार्थ हो । आज केही घण्टा पछाडि नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियामा सोलीडारिटी कपको पहिलो खेलमा टिमोर लेस्टे सँग प्रतिस्पर्धा गर्दैछ । नेपाली फुटबल टिमलाई प्रतियोगिता नै जितोश भन्ने शुभकामना ।
भावनाको आँखा बाट नेपाली फुटबललाई हेर्ने हो भने , यसपाली नेपाली फुटबल आफ्नो हैसियतको रङमन्चमा मज्जैले उदायो तर फुटबल भावनाको खेल भन्दा बढी प्राबिधिक खेल हो । नेपालले गएको साफ च्याम्पियन सिप अघी खेल मिलेमतोको चर्चित घटनामा आफ्नो तत्कालिन कप्तान सागर थापा सहित भरपर्दा र अनुभवी खेलाडी गुमायो , झन्डै दुई दसक नेपाली फुटबलको शासनसत्तामा हावी रहेका गणेश थापालाई फिफाले माथि बाटै बिदा गर्यो । साफ च्याम्पियनसिपमा नेपाली फुटबलले उच्चस्तरका प्रसिक्षक प्याट्रिक ओजेम्सको साथ पाएको भएनी बिर्सनलायक नतिजा आत्मसाथ गर्यो , तत्कालिन कप्तान अनिल गुरुङ सहित केही पुराना अनुहारलाई काठमान्डौमा छोडेर बालगोपाल महर्जन युवा टोली लिएर ढाका पुगे , प्राबिधिक तवरमा खास अर्थ नराख्ने बङबन्धु कपको उपाधी नेपालले जित्यो , युवा टोलीनै भए पनि राष्ट्रिय टिम भनी दर्ता गरेकोले नेपालले २३ बर्ष पछी अन्तररास्ट्रिय उपाधी जित्यो , त्यस प्रतियोगितामा चम्केका नवयुग श्रेष्ठको अन्तरराष्ट्रिय गोल सन्ख्या कती भनेर खोज्ने हो
भने पनि , त्यसले प्रमाण स्वरुप काम गर्छ – उक्त प्रतियोगिता फुटबलको विश्वब्यापी आधीकारीक मान्यता भित्रको अर्थमा कहाँ आउछ ?
बङबन्धुको चर्चा यती भयो , जसले आडम्बरिता र एन्फाले जनता झुक्याउने मेलो पायो , तर त्यस्को यथार्थको पर्दा भित्रबाट सिक्न चाहेन । बद्लिन्छ कि भन्ने आसा हरुमा तुसारापात लागे बल्ल कलम उठ्यो । लगतै नेपाली टिम लिएर राजु काजी शाक्य गुवाहटी पुगे , राजनैतीक सरगर्मीले बदलेको नेपाल -भारत मनोभावना र अझ परम्परागत कारकले काम गर्ने ठाउँमा सागको उपाधी नेपालले जित्यो । भारतको टिमले नेपाली टोलीलाई ठुलो टक्कर दियो , प्रकाश बुढाथोकीको टर्न ओभरले नेपालले फाइनल जित्यो , यु -२३ भिडन्त हरुले प्राबिधिक आँखामा खास अर्थ राख्दैनन , तथापी हाम्रो भारत बिरोधी राष्ट्रिय तर्कमा भने “हाम्रो फुटबल भारत भन्दा माथि भयो ” । ठुलै उत्सब आयो , दुई चार दिन हामी नाच्नु नाच्यौ , तर फेरी केही सिक्ने कोशीस गरेनौ – हामीलाई पुग्यो ।
राष्ट्रिय समाचार संस्थाहरुले जनतामा खास अर्थ बुझाउन सकेनन , सागको उपाधीलाई साफको उपाधी जसरी बढोत्तरी गरियो ।
कार्यबाहक रहेका नरेन्द्र श्रेष्ठले न आफुले बोलेको पुर्याए , न त्यस्को आधापनी काम गरे । फिफा र एएफसीका बैठक हरुमा जान बाहेक नेपालले आफ्नो फुटबलिय अन्तरराष्ट्रिय सम्बन्ध कायम गर्न सकेन त्यस्को सोझो प्रमाण हो , नेपालले साग र आजको अवधी सम्म खेलेका मैत्रीपूर्ण खेल । मलेसियाको राष्ट्रिय टिम सँग खेल्ने भनिएको खेल यु -२३ सँग खेलेर टार्यो , संचारमाध्यममा अर्को महिना भन्दै फुटबल प्रसन्सक झुक्याइरहे सिइओ ईन्द्रमान तुलाधार । बिभिन्न स्थानिय गोल्डकपले नेपाली फुटबलको समय धान्दिन्दा , सातदोबाटोको सेतो घर भने भोटको गिन्तीमा लागिरह्यो , अर्को पक्ष पनि खासै रचनात्मक तरिकाले उठ्न सकेन । समान धारबाट हेर्दा लाओस सँग नेपालले मैत्रीपूर्ण खेल खेल्यो ।
सान्त्वना अर्थात नेपाल लगायतका केही कमजोर राष्ट्रहरुलाई समेटेर एएफसीले न हिजो न भोली गर्न सक्ने प्रतियोगिता खेलाएको हो । नेपाल , पाकिस्तान , मङोलिया , ब्रुनाइ , श्रीलन्का , लाओस , बङ्लादेश र टिमोर लेस्टेलाई यो प्रतियोगिता खेल्ने परिस्थिती आइलागेको हो । केही बर्ष अघी दक्षिण एसियाको सबैभन्दा कमजोर फुटबल राष्ट्र भुटानलाई यि अन्य राष्ट्र जस्तो सान्त्वना कप खेल्ने परिस्थिती आएन , उ भारत र माल्दिभ्स सहित एसिया कपको तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछ , जसमा एसियाका २४ राष्ट्र छन , प्राबिधिक दृष्टिले नेपाल भुटान भन्दा कमजोर बनेको प्रमाण हो यो । यती मात्र होइन कमजोर भित्र बाट पनि बङ्लादेश ( जस्ले एसियाकपको तेस्रो चरणको लागि भएको प्ले अफमा भुटान सँग हारेको थियो ) उशले आफ्नो नाम झिकीसकेको छ भने आन्तरिक बिबाद भन्दै पाकिस्तान पनि मलेसिया गएन ।
२०११ मा काठमान्डौमा ब्याबसायिक खेलाडी भन्दा बढी सदस्य हरु फरक पेसामा रहेको टिमोर लेस्टे नेपाल सँग २-१ र ५-० ले हार्दै फर्केको थियो त्यस्को दाजोमा उशले फड्को मारेका छ , टिमोर लेस्टे नेपालका लागि कस्तो भएछ – आज परिक्ष। पनि हो ।
हामीले सोलीडारिटी कप खेल्दैछौ , जित्नु त सकारात्मक कुरा हो – तर निकै कमजोर प्रतियोगिता जितेर फेरी पनि उत्सब गर्दै केही नसिक्दै , केही नसुधार्ने हो भने हाम्रा लागि सपनाको खेती मात्र बन्नेछन महादेसिय प्रतियोगिता हरु । सानो कुरालाई सानो नठानेर ठुलो ठान्ने प्रब्रितीले भावनात्मक रुपमा फुटबलको सम्रिद्धी देखिएला ,तर वास्तविकताको धरातलमा नेपालको फिफा र्यान्किङ र एसियामा कहाँ नेरको उपस्थिती भन्ने कुराले कमजोरीलाई प्रस्ट पार्छ । जित्न त जितियो , कसलाई जितियो – त्यसले कसरी अर्थ राख्छ भन्ने ज्ञानलाई भन्दा आहै !! जितियो भनेर नाच्ने प्रब्रितीलाई नेपाली समाज , संचार जगत र स्वयम नियमन निकाय एन्फाले बढवा दिनुले पनि नेपाली फुटबलले प्रगतीको परिवर्तनलाई आत्मसाथ गर्न नसकेको हो ।
यसपाली बुझेर अघी बढौ , जादा जादै एन्फालाई सोध्न मनलाग्यो ?? साँच्चि लिग चाँही कहिले हुन्छ ?
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]