default_image

3 years ago

August 2, 2021

मिडफिल्डर प्रकाश फ्रेन्ड्समा अनुबन्धित

काठमाडौं – मिडफिल्डर प्रकाश बुढाथोकी ललितपुरको फ्रेन्ड्स क्लबमा अनुबन्धित भएका छन् । फ्रेन्ड्सले प्रकाश बुढाथोकीलाइ न्युरोड टिम (एनआरटी) बाट लिग अवधिभरको लागि सोमबार सम्झौता गरेको हो । दवै पक्षले सम्झौता रकम खुलाएका छैनन् । यस सिजनको ए डिभिजन लिगमा उनले नै टोलीको कप्तानी सम्हाल्ने क्लबले जनाएको छ । यसअघिका कप्तान सरोज योन्जन लामाले क्लब छाडेपछि […]

47 views

0 Bookmark

काठमाडौं – मिडफिल्डर प्रकाश बुढाथोकी ललितपुरको फ्रेन्ड्स क्लबमा अनुबन्धित भएका छन् । फ्रेन्ड्सले प्रकाश बुढाथोकीलाइ न्युरोड टिम (एनआरटी) बाट लिग अवधिभरको लागि सोमबार सम्झौता गरेको हो ।

दवै पक्षले सम्झौता रकम खुलाएका छैनन् । यस सिजनको ए डिभिजन लिगमा उनले नै टोलीको कप्तानी सम्हाल्ने क्लबले जनाएको छ । यसअघिका कप्तान सरोज योन्जन लामाले क्लब छाडेपछि फ्रेन्ड्स कप्तानविहीन बनेको थियो । उनलाई क्लबमा क्लबका नव निर्वाचित अध्यक्ष दीपक थापा, पुर्व अध्यक्ष रत्न शम्शेर राणा र अन्य पदाधिकारीहरुले स्वागत गरे ।

सरोज मनाङमा आबद्ध भएका छन् । प्रकाश लामो समयपछि फ्रेन्ड्समा फर्किएका हुन् । गत वर्ष एनआरटीका लागि लिग खेलेका प्रकाश त्यसअघि मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध थिए । प्रकाश अघिल्लो सिजन लिग च्याम्पियन मनाङमा अनुबन्ध भएपनि पहिलो खेलमै चोट लागेपछि उनले बाँकी सिजन बेन्चमा बिताउनु परेको थियो ।

चोटमुक्त भएपनि उनले मनाङबाट मोफसलका विभिन्न गोल्डकप खेले । मनाङ जानुअघि प्रकाशले एक सिजन भुटानी लिगमा बिताएका थिए । त्यसअघि उनले रुस्लान थ्री स्टार क्लबमा केहि वर्ष बिताएका थिए ।

‘ए’ डिभिजन लिग २९ कार्तिकबाट हुने तालिका छ । आइतबार मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा), लिग कमिटि र १४ क्लबका प्रतिनिधिबीचको बैठकले लिगको नयाँ मिति तय गरेको हो । यसअघि लिग ३ असोजबाट हुने तालिका थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.