default_image

3 years ago

August 3, 2021

अर्जेन्टिनी मिडफिल्डर एट्लेटिकोमा अनुबन्धित

एजेन्सी – कोपा अमेरिका कप विजेता अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डि पउल स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिकोले रोड्रिगोलाई इटालियन क्लब उडिनेसबाट गत जुलाईमै अनुबन्ध गरेपनि सोमबार मात्रै क्लबमा सार्वजनिक गरेको हो । २७ वर्षीय रोड्रिगोलाई एट्लेटिकोले कोपाको च्याम्पियन बनेको एक दिनपछि नै ३५ मिलियन पाउन्डमा ५ वर्षको लागि सम्झौता गरेका थिए । […]

35 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कप विजेता अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डि पउल स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् ।

एट्लेटिकोले रोड्रिगोलाई इटालियन क्लब उडिनेसबाट गत जुलाईमै अनुबन्ध गरेपनि सोमबार मात्रै क्लबमा सार्वजनिक गरेको हो । २७ वर्षीय रोड्रिगोलाई एट्लेटिकोले कोपाको च्याम्पियन बनेको एक दिनपछि नै ३५ मिलियन पाउन्डमा ५ वर्षको लागि सम्झौता गरेका थिए । उनी सन् २०२६ सम्म एट्लेटिकोमा रहनेछन् ।

एट्लेटिकोमा अनुबन्ध भएपछि रोड्रिगोले प्रशिक्षक डिएगो सिमिओनसँग काम गर्न पाउँदा खुशी लागेको बताएका छन् । ‘म प्रशिक्षक सिमिओनसँग काम गर्न पाउँदा धेरै खुशी छु । उनी एक सर्वश्रेष्ठ प्रशिक्षक हुन् । म फुटबल मन पराउँछु । उनीसँग प्रशिक्षण गराउने विशेष क्षमता छ ।’ रोड्रिगोले भने ।

उनी सन् २०१६ पछि स्पेनमा फर्किएका हुन् । रोड्रिगो सन् २०१६ मा स्पेनिस क्लब भ्यालेन्सियाबाट उडिनेस पुगेका थिए । उनले भ्यालेन्सियामै रहँदा लोनमा केही समय आफ्ना पुर्व क्लब रेसिङमा बिताएका थिए ।

उडिनेसमा ५ सिजन बिताउँदा रोड्रिगोले १८४ खेलमा ३४ गोल गर्नुका साथै ३६ असिस्ट दिएका छन् । सन् २०१८ देखि राष्ट्रिय टोलीमा रहेका रोड्रिगोले २९ क्याप जित्दा एक गोल गरेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.