default_image

3 years ago

August 3, 2021

भवन निर्माणका लागि थ्री स्टारलाई २५ लाख

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका वडा १६ ले ‘ए’ डिभिजनको रुस्लान थ्री स्टार क्लबलाई भवन निर्माणको लागि २५ लाख रुपैयाँ दिने भएको छ । ललितपुर महानगरपालिका वडा १६ का वडा अध्यक्ष निर्मल रत्न शाक्यले क्लबका अध्यक्ष अरुणमान जोशीलाई २५ लाख मध्ये पहिलो किस्ताका रुपमा ९ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । गत २०७२ बैशाखमा […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका वडा १६ ले ‘ए’ डिभिजनको रुस्लान थ्री स्टार क्लबलाई भवन निर्माणको लागि २५ लाख रुपैयाँ दिने भएको छ ।

ललितपुर महानगरपालिका वडा १६ का वडा अध्यक्ष निर्मल रत्न शाक्यले क्लबका अध्यक्ष अरुणमान जोशीलाई २५ लाख मध्ये पहिलो किस्ताका रुपमा ९ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । गत २०७२ बैशाखमा गएको विनाशकारी भुकम्पका कारण क्लबको पाटन मंगलबजारमा रहेको भवन पुर्णरुपमा क्षति भएको थियो । क्लबले अहिले पाटन मंगलबजारमै करिब ७ आना जग्गामा क्लबको भवन बनाउन लागेको हो ।

‘रुस्लान थ्री स्टार क्लब हाम्रो सुन्दर शहर ललितपुरमा अवस्थित छ । हामी यस क्लबलाई समर्थन गर्न पाउदा खुशी छौं । हामी यो क्लबलाई समर्थन गरिरहने प्रतिवद्धता व्यक्त गर्दछौं । क्लबको भावी योजनाको लागि उत्तरोत्तर प्रगतिको कामना गर्दछौं,’ वडा अध्यक्ष शाक्यले भने ।

अध्यक्ष शाक्यले ललितपुर महानगरपालिका र यस महानगरपालिका भित्रका अन्य वडाबाट पनि क्लबलाई सहयोग गर्नको लागि सक्दो प्रयास गर्ने बताए । थ्री स्टार देशकै सर्वाधिक सफल क्लबमा पर्दछ । नेपालका लागि लिग च्याम्पियन हुँदै अन्तर्राष्ट्रिय प्रतिनिधित्व समेत गरिसकेको क्लबले यसपटक ए डिभिजनका लागि प्रशिक्षण सुरु गर्न आन्तरिक तयारी गरिरहेको छ ।

क्लबले राष्ट्रिय टोलीका युवा खेलाडी र केहि नयाँ अनुहारसहित टोली निर्माण गरिरहेको छ । क्लबले प्रशिक्षकको जिम्मेवारी भने क्लबकै पूर्व खेलाडी उर्जन श्रेष्ठलाई सुम्पिएको छ । उनले यसअघि मोफसलको प्रतियोगितामा पनि जिम्मेवारी सम्हालिसकेका छन् । उनी गत सिजन ब्रिगेड ब्वाइज क्लबको प्रशिक्षण सम्हालेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.