default_image

4 years ago

August 6, 2021

मेस्सीलाई अनुबन्ध गर्ने पिएसजीको तयारी

228 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीलाई अनुबन्ध गर्न आन्तरिक तयारी थालेको छ । क्लबले अर्का फरवार्ड किलियन एमबाप्पेलाई समेत क्लबमा नै राख्ने हिसाबले मेस्सीलाई अनुबन्ध गर्ने बुझिएको छ ।

बार्सिलोनाले मेस्सीलाई नयाँ सम्झौता दिन सम्भव नभएपछि मेस्सीका एजेन्ट तथा पिता जोर्गे मेस्सीले पिएसजीसँग सम्पर्क गरेका थिए । पिएसजीले यसअघि नै जुनमा सम्झौताबाट मुक्त भएपछि मेस्सीलाई सम्पर्क गरेकोमा यसपटक पनि सकारात्मक जवाफ दिएको हो । अब दुवै पक्षले आन्तरिक रुपमा सम्झौताबारे गृहकार्य सुरु गरेका छन् ।

पिएसजीसँगै इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटीले पनि मेस्सीलाई अनुबन्ध गर्न इच्छा जाहेर गरेका थिए । तर पिएसजीले लामो समयदेखि मेस्सीबारे चासो राख्दै अनुबन्धको प्रयास गरेको थियो । पिएसजीले विगत केहि वर्षयता च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित टोली तयार गर्दै आएको छ । तर फाइनलसम्म पुगेर पनि क्लब सफल हुन सकेको छैन ।

मेस्सीले पिएसजी जानेबारे छलफल गर्न विहीबार नै प्रशिक्षक माउरिसियो पोचेटिनोसँग कुराकानी गरेका छन् । बार्सिलोना जस्तै पिएसजी पनि अहिले ऋणमा छ । तर पिएसजीले खेलाडी बेचेर आफ्नो आर्थिक अवस्था सुदृढ पार्न सक्छ । मेस्सी आउनेभएसँगै क्लबले अब मौरी इकार्डी, एन्जल डी मारिया, लगायत केहि ठूला नामका खेलाडीलाई बेच्ने सम्भावना छ ।

यो पनि : बार्सिलोना र मेस्सीलाई अलग्याएको ‘आर्थिक समस्या’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.