default_image

3 years ago

August 8, 2021

हालान्डको ह्याट्रिकमा डर्टमुन्डको सहज जित

एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक मद्दतमा बोरुसिया डर्टमुन्डले डिएफवी पोकलको पहिलो राउन्डको खेलमा सहज जित हात पारेको छ । ब्रिता एरिना वेइसवाडेनमा शनिबार राति भएको खेलमा डर्टमुन्डले तल्लो श्रेणीको वेहेन वेइसवाडेनमाथि ३–० को सहज जित हात पारेको हो । हालान्डले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पुरा […]

52 views

0 Bookmark

एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक मद्दतमा बोरुसिया डर्टमुन्डले डिएफवी पोकलको पहिलो राउन्डको खेलमा सहज जित हात पारेको छ ।

ब्रिता एरिना वेइसवाडेनमा शनिबार राति भएको खेलमा डर्टमुन्डले तल्लो श्रेणीको वेहेन वेइसवाडेनमाथि ३–० को सहज जित हात पारेको हो । हालान्डले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पुरा गरेको थियो ।

खेलको २६औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमुन्डलाई १–० ले अघि बढाए । ३१औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत व्यत्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । ५१औं मिनेटमा हालान्डले ह्याट्रिक पुरा गर्दै डर्टमुन्डलाई ३–० को सहज जित दिलाउँदै अघिल्लो चरणको यात्रा तय गराए । त्यसपछि पनि गोलका केही अवसर सिर्जना भएपनि सदुपयोग हुन सकेन ।

यस्तै पहिलो राउन्डको खेलमा बुन्डेसलिगा टोली भिएफवी स्टुटगार्ट, अग्सवर्ग, बायर लिभरकुसन, आरबी लाइप्जिग र अर्मेनिया विलेफिल्डले सफलता हात पारेका छन् । स्टुटगार्टले बिएफसी डाइनामोमाथि ६–० को फराकिलो जित दर्ता गर्दा अग्सवर्गले ग्रिफ्सवाल्डरमाथि ४–२ को जित निकाल्यो ।

यस्तै बायर लिभरकुसनले लोकोमोटिभ लाइप्जिगमाथि ३–० को जित निकाल्दा आरबी लाइप्जिगले सान्डओउसेनमाथि ४–० को फराकिलो जित आत्मसात गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै अर्मेनिया विलेफिल्डले वेरेथमाथि ६–३ को फराकिलो जित निकाल्यो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.