ए.एफ्.सीको यु१६ च्याम्पिएनसिपको छनोट चरणमा सहभागि हुन नेपाली टोली आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ|
२३ खेलाडी र सात अफिसियल सहितको ३० सदस्यीय टोली आजै टर्किस एअरलाईन्स बाट इस्तानबुल हुँदै कर्गिस्तान पुग्नेछ|
टोलीको प्रशिक्षक उपेन्द मान सिहं हुन् भने राजेश मानन्धर सहायक छन्| टोलीको व्यवस्थापकको जिम्मा मधुसुदन अर्यालले सम्हालेका छन्| डा. राजु डंगोल टोलीका डाक्टर हुन्
साफमा राम्रो प्रदर्शन गर्दागर्दै पनि राम्रो नतिजा ल्याउन नसकेकोमा यसपटक त्यसलाई विर्साउँदै छनोट चरण पार गर्ने विश्वास प्रशिक्षक उपेन्द्र मान सिंहले लिएका छन्|
“यसपटक हामीले युवा खेलाडीलाई प्राथमिकता दिएका छौं| साफमा हामी राम्रो खेल्दाखेल्दै पनि भारत संग पराजित भयौं, तर यु१९को प्रदर्शनले हीम्रो टोलीको पनि मनोबल उच्च छ| हामी छनोट हुन् लक्ष्यका साथ किरिगिस्तान जानेछौं|
पुर्ण टोली:
गोलकिपर: अरपन कार्की, सन्देश गुरुगं, उज्वल लिम्बु
डिफेन्डर: रोमन लिम्बु, पवन कार्की, लक्ष्मण परियार, सुमन अर्याल, अभिषेक वर्मा, असिम भुषाल, अनोष मगर, आशिष केसी
मिडफिल्डर: मनिष कार्की (कप्तान), अनिल महर्जन, अशोक थापा, अभिषेक रिजाल, राजिभ लोप्चन, सेसेहागं आगंदेम्बे, जय गुरुगं
फरवार्ड: रेजिन सुब्बा, प्रेजेन तामाङ, दिनेश हेन्जन, क्षितिज राज जि.टि., राजेश परियार