default_image

3 years ago

August 12, 2021

कप्तान किरणसँगै अलमुताइरी र नेम्बाङले आज बयान दिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ र प्रशिक्षक अब्दुल्लाह अलमुताइरी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गठन गरेको छानविन समितिलाई बयान दिन विहीबार काठमाडौं आउने भएका छन् । प्रशिक्षणका लागि दुई दिन अघि राष्ट्रिय टोली पोखरा पुगेको थियो । तर वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र प्रशिक्षक अलमुताइरीबीचको विवाद समाधान गर्ने बसेको […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ र प्रशिक्षक अब्दुल्लाह अलमुताइरी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गठन गरेको छानविन समितिलाई बयान दिन विहीबार काठमाडौं आउने भएका छन् ।

प्रशिक्षणका लागि दुई दिन अघि राष्ट्रिय टोली पोखरा पुगेको थियो । तर वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र प्रशिक्षक अलमुताइरीबीचको विवाद समाधान गर्ने बसेको समितिले बयानका लागि बोलाएपछि दुवै जना आज नै काठमाडौं आउन लागेका राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।

समितिले यसअघि मंगलबार र बुधबार विभिन्न सम्बन्धित व्यक्तिहरुसँग बयान लिइसकेको छ । बयानको पहिलो दिन समितिले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, प्रवक्ता किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङसँग बयान लिएको थियो । त्यसपछि बुधबार उपाध्यक्षद्वय कृष्ण थापा र वीरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर तथा व्यवस्थापक उपाध्याय समितिमा बयानका लागि उपस्थित रहेका थिए ।

विहिबार बयानको अन्तिम दिन प्रशिक्षक र किरणसँगै वरिष्ठ उपाध्यक्ष नेम्बाङ र घटनामा संलग्न दुई संचारकर्मीको बयान लिने कार्यक्रम छ । समितिले आवश्यक परे अन्य व्यक्तिसँग पनि बयान लिने बुझिएको छ ।

एन्फाको कार्यकारी समितिको आपतकालिन बैठकले विवाद समाधान गर्न नसकेपछि छानबिनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । त्यसकै आधारमा मन्त्रालयले राखेपलाई छानबिनका लागि पत्र काटेको थियो । गत साता राखेपले सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । त्यहि क्रममा समितिले मंगलबार बयान सुरु गरेको हो ।

नेम्बाङ र अलमुताइरीबीच गत साता मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने सम्भवाना देखिएको थियो । फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिनका लागि संयुक्त वक्तव्य जारी गर्ने भनिएपनि अहिले सम्म विज्ञप्ती जारी भएको छैन । अलमुताइरी सहमति भएकै दिन पोखरा गएका थिए ।

नेपाल एक्वेस्टरियन संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा नेम्बाङ र अलमुताइरीबीच विवाद समाधानका लागि पार्न भेटघाट भएको थियो । तर राखेपले छानबिन अघि बढाएपछि नेम्बाङ र अलमुताइरीको सहमति के हुने भन्ने प्रष्ट भएको छैन । साउन ७ गते अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्बाङ पनि तानिएका थिए । साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए ।

सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानबिनको माग गरेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.