4 years ago
August 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन सान मिगेल मछिन्द्र फुटबल क्लबले आफ्नो प्रशिक्षकमा प्रवेश कटुवाललाई नै निरन्तरता दिएको छ । प्रवेशले बिहीबार क्लबसँग आसन्न लिग र राष्ट्रिय लिगलाई लक्षित गर्दै सम्झौता नविकरण गरेका छन् ।

कटुवालकै प्रशिक्षणमा मछिन्द्रले क्लबको इतिहासमै पहिलोपटक लिग च्याम्पियन बन्न सफल भएको थियो । लिगको अन्तिम खेलमा आर्मीलाई हराउनै पर्ने खेलमा १–० को जित निकालेपछि मछिन्द्र लिग च्याम्पियन बनेको थियो । कटुवाल लिगकै सर्वाेत्कृष्ट प्रशिक्षक चुनिएका थिए ।
२९ कात्तिकबाट शुरु हुने लिगका क्लबले खेलाडी अनुबन्धलाई पनि तीव्रता दिएका छन् । राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाल र मनिष डाँगीलाई मछिन्द्रले अनुबन्ध गरिसकेको छ । लिग च्याम्पियन हुँदाका अधिकांश खेलाडीलाई क्लबले निरन्तरता दिने बुझिएको छ ।

क्लबका अनुभवी फरवार्ड दिपक राई भने मनाङ मर्स्याङ्दी पुगिसकेका छन् । त्यस्तै गत सिजन लिग जिताउँदा महत्त्वपूर्ण रहेका नाइजेरियन डिफेन्डर पिटर सेगुनले नवप्रवेशी सातदोबाटो युवा क्लबबाट खेल्दैछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]