4 years ago
August 14, 2021
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार भएको सिजन २०२१-२२ को पहिलो खेलमा आर्सनल प्रिमियर लिगमा डेब्यु गरिरहेको ब्रेन्टफर्डसँग पराजित भएको छ ।

ब्रेन्टफर्डले घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा गोल गर्दै २-० को जित दर्ता गर्यो । पहिलो हाफमा ब्रेन्टफर्डले एकपक्षीय रुपमा दबाब कायम गरेको थियो । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेपनि आर्सनलले पहिलो खेलको हार टार्न सकेन । ब्रेन्टफर्ड भने प्रिमियर लिगको पहिलो खेलमा यादगार जित दर्ता गर्न सफल रहयो ।
खेलको २२ औं मिनेटमा सर्जी कानोसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । आर्सनलको डिफेन्सले बल राम्रोसँग क्लिअर गर्न नसक्दा आएको काउन्टर अट्याकमा ब्रेन्टफर्ड गोल गर्न सफल भएको थियो । कानोसले पेनाल्टी क्षेत्रभित्र क्यालम च्याम्बर्सको चुनौती पार गर्दै गरेको प्रहार गोलरक्षक बर्न्ड लेनोले बचाउन सकेनन् ।

दोस्रो हाफको ७३ औं मिनेटमा क्रिस्टियन नोर्गार्डले गोल गर्दै नव प्रवेशी क्लबको अग्रता दोब्बर पारे । लामो थ्रो इनमा आएको बललाई आर्सनलको डिफेन्सले ६ यार्ड बक्स भित्रबाट क्लियर गर्न नसक्दा फार पोस्टमा आएका नोर्गार्डले हेडरमार्फत गोल गरेका थिए ।
ब्रेन्टफर्डले प्रिमियर लिगको ५० औं क्लब बनेसँगै डेब्यु खेलमा ३ अंक जोडेको छ । कोरोना संक्रमणपछि पहिलो पटक पूर्ण क्षमतामा दर्शक प्रवेश गर्न दिइएको खेलमा घरेलु समर्थकले खेलको वातावरण नै फरक बनाएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]