default_image

4 years ago

August 14, 2021

भ्यालेन्सियाको विजयी सुरुवात

124 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेमाथि १–० को जित निकाल्दै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो ।

भ्यालेन्सियाको जितमा कार्लाेस सोलेरले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो ।भ्यालेन्सियामा शुक्रबार राति भएको खेलको तेस्रो मिनेटमा नै घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । ह्युगो गुइलामोन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया समस्यामा परेको थियो ।

तर ११औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीमार्फत अग्रता लिन सफल भयो । डिजेन डोकोनामले पेनाल्टी बक्समा डेनिस चेरेसेभलाई लडाएपछि प्राप्त पेनाल्टीमा कार्लाेस सोलेरले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए । एक गोलले पछि परेको गेटाफेले बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दवावमा राखेपनि फिनिसिङमा चुकिरहँदा बराबरी गर्न सकेन ।

७६औं मिनेटमा गेटाफे पनि १० खेलाडीमा समेटिदा खेलमा फर्कने सम्भावना सकियो । इरिक कावाको दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि सदुपयोग हुन नसक्दा पहिलो हाफको गोल नै भ्यालेन्सियाको जितमा निर्णायक बन्यो ।

ला लिगामा आज (शनिबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैँछ । क्याडिजले लेभान्टेसँग खेल्दा रियल मलोर्काले रियल बेटिससँग खेल्नेछ । यस्तै डिपोर्टिभो एलाभेसले रियल म्याड्रिडसँग तथा ओसासुनाले इस्पान्योलसँग खेल्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.