default_image

3 years ago

August 14, 2021

स्पेनिस ला लिगा : अबको स्टार को ?

एजेन्सी – १७ वर्षपछि लियोनेल मेस्सीविना स्पेनिस ला लिगाको नयाँ सिजन शुक्रबारदेखि सुरु भएको छ । यो १७ वर्षको अवधिमा मेस्सीले आफुलाई अब्बल स्टारको रुपमा प्रमाणित गरिसकेका छन् । मेस्सीको बर्हिगमनसँगै ला लिगामा अब को स्टार हुनेछ भन्ने बहस सुरु भएको छ । मेस्सीको बर्हिगमनसँगै ला लिगाले दुई ठुला स्टारलाई गुमाइसकेको छ । वर्षाैदेखि मेस्सी […]

63 views

0 Bookmark

एजेन्सी – १७ वर्षपछि लियोनेल मेस्सीविना स्पेनिस ला लिगाको नयाँ सिजन शुक्रबारदेखि सुरु भएको छ । यो १७ वर्षको अवधिमा मेस्सीले आफुलाई अब्बल स्टारको रुपमा प्रमाणित गरिसकेका छन् । मेस्सीको बर्हिगमनसँगै ला लिगामा अब को स्टार हुनेछ भन्ने बहस सुरु भएको छ ।

मेस्सीको बर्हिगमनसँगै ला लिगाले दुई ठुला स्टारलाई गुमाइसकेको छ । वर्षाैदेखि मेस्सी र रोनाल्डोले ला लिगामा आफ्नो छविलाई विश्व फुटबलमै चिनाएका थिए । ला लिगा विश्वकै उत्कृष्ट लिगको रुपमा रहेको थियो । यही बीचमा सर्जियो रामोसले पनि रियलको बसाई बिट मारेका छन् । उनी फ्रान्सेली क्लब पीएसजी पुगेका छन् ।

ला लिगामा मेस्सी र रोनाल्डोसँगै केही खेलाडीले आफुलाई स्टार खेलाडीको रुपमा चिनाएका छन् । मेस्सी र रोनाल्डोको प्रस्थानसँगै ला लिगामा कुनै पनि एक असाधारण खेलाडी छैनन् । त्यसैले सबैको चासोको विषय छ , अब ला लिगाको स्टार को हो ? तर ला लिगामा केही विश्वस्तरीय प्रतिभावान् खेलाडीहरु रहेका छन् । त्यही खेलाडीहरु नै ला लिगाको स्टारको रुपमा रहन सक्नेछन् । केहीको चर्चा गरिएको छ ।

जान ओब्लाक

ला लिगामा अब विश्वको शीर्ष खेलाडी नहुन सक्छ, तर च्याम्पियन एट्लेटिको म्याड्रिडका जान ओब्लाक अन्य गोलरक्षकको तुलनामा ला लिगामा उत्कृष्ट स्टारको रुपमा रहनेछन् । पाँच पटक उत्कृष्ट गोलरक्षकको रुपमा सर्वाधिक क्लिनसिट राख्दै जमोरा ट्रफी जितेका स्लोभेनियाका ओब्लाक एट्लेटिको म्याड्रिड र प्रशिक्षक डिएगो सिमिओनको सफलताको महत्वपुर्ण हिस्सा बन्न सक्नेछन् ।

करिम बेन्जेमा, अझै घातक

सन् २०१८ मा रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै यसको बोझ फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको काँधमा आएको थियो । उनले रोनाल्डो नहुदा पाएको अवसरलाई प्रमाणित गरेका छन् । ३३ वर्षीय बेन्जेमा ला लिगाको स्टार खेलाडीकै रुपमा रहनेछ । उनी विश्व फुटबलमा सर्वश्रेष्ठ नम्बर ९ को रुपमा नै रहनेछ ।

एन्टोइन ग्रिजमन, मेस्सीको छायाविना अघि बढ्ने मौका

फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन एट्लेटिकोबाट बार्सिलोना गएपछि उनले अपेक्षा अनुरुप प्रदर्शन गर्न सकेनन् । तर अब उनी मेस्सीको छायाँबाट बाहिर आउन सक्छन् । ग्रिजमनले बार्सिलोनामा आफ्नो क्षमता र जिम्वेवारी लिने बेला आएको छ । उनले आफुलाई थप प्रमाणित गर्दै ला लिगामा स्टार खेलाडीको रुपमा रहन सक्नेछन् ।

लुइस सुआरेज, च्याम्पियन फरवार्ड

गत सिजन बार्सिलोना छाडेर एट्लेटिको म्याड्रिड पुगेका उरुग्वेली फरवार्ड लुइस सुआरेजको उच्च प्रदर्शनमा एट्लेटिको ला लिगाको च्याम्पियन बन्न सफल भएको थियो । उनले आफ्नो आलोचना गर्नेको मुख नै बन्द गर्दै ला लिगाको स्टारको रुपमा रहे । यसपटक पनि उनी ला लिगाको स्टारको रुपमा रहन सक्नेछन् ।

डेभिड अलावा, नयाँ रामोस

सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रस्थान गरेपछि रियल म्याड्रिडले उनको विकल्पमा अष्ट्रियाका भर्सटाइल डिफेन्डर डेभिड अलावालाई क्लबमा अनुबन्ध गरेको छ । रामोसको जर्सी नम्वर ४ पाएको उनलाई रियलमा नयाँ रामोसको रुपमा हेरिएको छ । उनी ला लिगाका नयाँ स्टारको रुपमा उदाउन सक्नेछन् ।

पेड्री, एक सम्भावना!

युवा मिडफिल्डर पेड्री भर्खर १८ वर्षका भएका छन् । तर उनको खेल गज्जवकै छ । उनले १८ वर्षकै उमेरमा बार्सिलोना र स्पेनमा आफ्नो प्रभाव छोड्न सफल भएका छन् । कलिलो उमेरमै उनी क्लब र राष्ट्रको लागि एक मुख्य हिस्सा नै बने । गत सिजन ७३ खेल खेलले पनि उनी कति आवश्यक छ भन्ने प्रष्ट्याउँछ । उनले आफ्नो प्रगतिलाई यसरी नै जारी राख्न सक्छन् भने उनी बार्सिलोनाबाट स्टार खेलाडीको रुपमा उदाउने सम्भावना छ ।

जेरार्ड मोरेनो, राष्ट्रिय गोलकर्ता

भिल्लारियलका फरवार्ड जेरार्ड मोरेनोले पछिल्लो दुई सिजन ला लिगामा स्पेनको तर्फबाट सर्वाधिक गोलकर्ता बन्दै जर्रा ट्रफी जितेका छन् । उनकै उच्च प्रदर्शनमा भिल्लारियल युरोपा लिगको च्याम्पियन बन्दा च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको थियो ।

मार्काेस लोरेन्टे, एक पुर्ण खेलाडी

मार्काेस लोरेन्टे एट्लेटिको म्याड्रिडले गत सिजन उपाधि जित्दा टोलीका महत्वपुर्ण सदस्य रहेका थिए । एक पुर्ण खेलडीको छवि बनाएको २६ वर्षीय लोरेन्टेले अर्काे सिजन ठुलो छलाङ मार्न सक्छन् ।

इडेन हाजार्ड, अन्तिम अवसर

इडेन हाजार्ड स्पेनिस ला लिगाको सबैभन्दा ठुलो नाम हो । लगातार चोटका जुध्नुपरेका कारण उनले रियल म्याड्रिडमा उनले सोचेअनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । चेल्सीका जस्तो प्रदर्शन थियो उनले रियलमा त्यो प्रदर्शन दोहोर्याउन सकेका छैनन् । ला लिगामा उनी के गर्न सक्छन् भनेर देखाउन सक्ने समय आएको छ । यदि उनले आफ्नो सर्वश्रेष्ठ पत्ता लगाउन सक्छ भने उनी ला लिगाको स्टारको रुपमा रहन सक्नेछन् ।

मेम्फिस डिपाए, बार्सिलोनाको आशा

मेस्सीको बर्हिगमनसँगै यसै सिजन बार्सिलोनामा आबद्ध भएका डट फरवार्ड मेम्फिस डिपाएबाट बार्सिलोनाले ठुलो अपेक्षा गरेको छ । विशेष गरी गोल गर्ने जिम्मेवारीको सन्दर्भमा । बार्सिलोनामा मेस्सी युगको अन्त्यपछि यिनै फरवार्डबाट बार्सिलोना नयाँ सिराबाट अघि बढ्न चाहन्छ ।

लुका मोड्रिच, बालोन डि ओर विजेता

क्रोएसिएन प्रतिभा स्पेनिस ला लिगामा खेल्दै बालोन डि ओर जित्ने एक्लो खेलाडी हुन् । रियल म्याड्रिडबाट खेल्ने ३६ वर्षीय मोड्रिच विश्व फुटबलकै उत्कृष्ट मिडफिल्डरको छवि बनाएका उनी यो सिजन पनि ला लिगामा स्टार खेलाडीको रुपमा रहनेछन् । रियलले मोड्रिचबाट सोही अपेक्षा गरेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.