4 years ago
August 14, 2021
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपनि उनले क्लबसँग पुरानो तलब अझै उधारो छोडेको खुलासा भएको छ ।

क्याटलान पत्रिका स्पोर्टका अनुसार मेस्सीले बार्सिलोनाबाट अझै ५२ मिलियन युरो बुझ्न बाँकी रहेको छ । जोसेप मारिया बार्टोमेउ क्लबको अध्यक्ष रहँदा क्लबमा आर्थिक समस्या परेपछि केहि खेलाडीले आफ्नो तलब पछि लिने सहमति गरेका थिए । त्यसै अनुरुप मेस्सीले क्लबबाट मोटो रकम बुझ्न बाँकी रहेको खुलेको हो ।
बार्सिलोनाले अब २०२२ भित्र मेस्सीलाई उधारो रहेको तलब तिर्ने बुझिएको छ । मेस्सीले क्लबमा नबस्नुको पछाडी क्लबको आर्थिक अवस्था नै देखाइएको थियो । पुरानै तलब बाँकी रहेको अवस्थामा क्लबसँग नयाँ सम्झौता गर्दा थप ऋण थपिनेमा मेस्सी सजग थिए । उनले क्लबसँग ५० प्रतिशत तलब घटाउँदा पनि क्लबले धान्न नसक्ने भएपछि बार्सिलोना छोडेका थिए ।
मेस्स्सीले पुरानो तलब बाहेक क्लबसँग सम्झौता अनुसार छुट्टै बोनस पनि पाउने बुझिएको छ । बार्सिलोनामा १७ सिजन सिनियर टोलीबाट खेलेका उनले क्लबबाट वफादारी बोनस स्वरूप मोटो रकम पाउने प्रावधान छ । यसबारे भने हालसम्म दुवै पक्षले छलफल गरेका छैनन् । यसअघि बार्सिलोना र नेयमारबीच पनि बोनसको विषयमा सहमति नहुँदा विवाद अदालतसम्म पुगेको थियो । मेस्सीको हकमा भने दुवै पक्षले सहमति जनाउने अपेक्षा गरिएको छ ।

मेस्सी मात्र नभएर अन्य शीर्ष खेलाडीले पनि क्लबसँग तलब पछि लिने सहमति गरेका थिए । जेरार्ड पिके, सर्जियो बुस्केट्स, जोर्डी अल्बा, सर्जी रोबर्टो लगायत खेलाडीले कोरोनाको समयमा न्यून तलब बुझेर बाँकी रकम पछि लिन राजि भएका थिए ।
क्लबका पूर्व अध्यक्ष बार्टोमेउले बार्सिलोनाको आर्थिक अवस्था नाजुक बनाएको आरोप खेप्दै आएका छन् । उनले आफ्नो कार्यकालमा खेलाडीलाई तलब पछि दिने भन्दै क्लबको भविष्यबारे वास्ता नगरेको आरोप लागेको छ । उनले पद छाड्दा बार्सिलोनाको ऋण २ सय ५० मिलियन युरो रहेको बताएका ठी । तर नयाँ अध्यक्ष लापोर्टाका अनुसार बार्सिलोनाको ऋण ४ सय ८७ मिलियन युरो रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]