default_image

4 years ago

August 15, 2021

सलाह चम्कदा लिभरपुलको सहज जित

213 views

0 Bookmark

एजेन्सी – इजिप्टियन फरवार्ड मोहम्मद सलाहले एक गोल गर्नुका साथै दुई असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा मर्सिसाइड क्लब लिभरपुलले सहज जित दर्ता गरेको छ ।

लिभरपुलले घरेलु टोली नर्विच सिटीमाथि ३–० को सहज जित हात पारेको हो । लिभरपुलको जितमा डिएगो जोटा, रोबर्टाे फिर्मिनो र मोहम्मद सलाहले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल निस्किएको थियो ।

क्यारो रोड नर्विच नोरफल्कमा लिभरपुलले खेलको २६औं मिनेटमा पोर्चुगिज फरवार्ड डिएगो जोटाको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए ।

६५औं मिनेटमा सब्सिच्युट रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा जोटाको स्थानमा मैदान छिरेका फिर्मिनोले मैदान छिरेको चार मिनेट भित्र नै सलाहको पासमा गोल गर्न सफल भएका थिए ।

अघिल्लो दुई गोलमा असिस्ट दिएका सलाहले ७४औं मिनेटमा गोल गर्दै लिभरपुलको जित पक्का गरे । बेन गिब्सनले क्लियर गरेको बल सलाहसमक्ष पुगेपछि उनले दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक टिम क्रुलले बचाउने प्रयास गरेपनि सफल हुन सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले विजयी सुरुवात गर्न सफल भयो ।

योसँगै सलाह प्रिमियर लिगको पहिलो खेलमा लगातार पाँच सिजन गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सिजनको पहिलो खेलमा सलाहले ५ सिजनमा हालसम्म ७ गोल गर्नुका साथै ३ वटा गोलको अवसर सिर्जना गरेका छन् । उनीभन्दा अघि वाइने रुनीको ८ गोल र ५ एसिस्ट रहेको छ ।

जितपछि लिभरपुलले ३ अंक जोडेको छ । प्रिमियर लिगको पहिलो खेलमा हालसम्म ८ टोलीले जित निकाल्न सफल भएको छ । ब्रेन्फर्ड, म्यानचेस्टर युनाइटेड, चेल्सी, एभर्टन, वाट्फोर्ड, ब्राइटन र लेस्टर सिटीले जित निकाल्न सफल भएका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.