default_image

3 years ago

August 15, 2021

बार्सिलोनालाई रियल सोसिडाडको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिडाडको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राथि ११ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना रियल सोसिडाडलाई हराउँदै ला लिगाको नयाँ सिजनमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तर यो सिजनदेखि टोलीमा आफ्नो […]

79 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिडाडको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राथि ११ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा बार्सिलोना रियल सोसिडाडलाई हराउँदै ला लिगाको नयाँ सिजनमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तर यो सिजनदेखि टोलीमा आफ्नो सदाबहार फरवार्ड लियोनेल मेस्सी हुनेछैनन् । बार्सिलोनामा उनको अभाव खड्किने सम्भावना रहेपनि बार्सिलोना उनको अभाव पुर्ति गर्दै अघि बढ्ने लक्ष्यमा हुनेछ । टोलीमा युवा र अनुभवी खेलाडीको बाहुल्यता रहेको छ ।

प्रशिक्षक रोनाल्ड कोम्यानले सोसिडाडविरुद्ध यसै समरमा बार्सिलोना आएका डच फरवार्ड मेम्फिस डिपाएले पहिलो रोजाईमै खेलाउने सम्भावना छ । उनले प्रि–सिजनमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन, पेड्री, सर्जियो बुस्क्वेट्स, सर्जी रोबर्टाे, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, जेराड पिके, सर्जिनो डेस्ट र गोलरक्षक नेटो टोलीमा रहेका छन् । यसबाहेक युसुफ डेमिर, फ्रान्की डि योङ, रे मानाज, रिकी पुच, मिरालेम प्यानिच, फिलिपे कौटिन्हो, एरिक गार्सिया, रोनाल्ड एराउजो, इमर्सन र स्यामुयल उम्टिटि टोलीमा रहेका छन् ।

यता, अघिल्लो सिजन सुरुवाती समयमा उच्च प्रदर्शन गरेको रियल सोसिडाड सोही लयलाई निरन्तरता दिदै घरेलु टोली बार्सिलोनालाई स्तब्ध पार्ने दाउमा हुनेछ । तर, मुख्य खेलाडीको चोटले टोलीलाई सताउनेछ । फरवार्ड एलेसान्दर इसाक चोटका कारण टोली बाहिर छन् । इमानोल अल्गुआसिल, मार्टिन मेरिनो र मिकेल ओयार्जाबालले पनि खेल्ने सम्भावना न्युन छ ।

म्याट रायनले पनि खेल्ने सम्भावना न्युन रहँदा एलेक्स रेमिरोले मौका पाउन सक्नेछन् । यस्तै टोलीसँग एन्डोनी गोरोसावेल, एरिटिज इलुस्टोन्डो, रुवेन लि नोर्मान्ड, एयहेन मुनोज, एन्डर गुइरभारा, एसिएर, डेभिड सिल्भा, क्रिस्टियन पोर्टु र अदनान जानुजाजले खेल्नेछन् ।

यि दुई टोलीबीचको पछिल्लो २७ खेलको नतिजामा बार्सिलोना १७ खेलमा विजयी भएको छ । ५ खेल सोसिडाडले आफ्नो पक्षमा पार्दा ५ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक बार्सिलोनाले सोसिडाडलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

बार्सिलोनाले सोसिडाडसँग २०१६ अप्रिल यता हार बेहोरेको छैन । जसक्रममा ११ जित र ३ बराबरीको नतिजा छ ।

अन्य खेल :

सेल्टा डि भिगोविरुद्ध एट्लेटिको म्याड्रिड (राति ९ः१५ बजे)

सेभियाविरुद्ध रायो भालेकानो (राति २ः०० बजे)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.