4 years ago
August 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रुपेश केसी रुस्लान थ्री स्टार क्लब छाड्दै मनाङ मर्स्याङ्दी क्लबमा फर्किएका छन् । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनुभवी मिडफिल्डर रुपेशले चार वर्ष थ्री स्टार बसाई बिट मार्दै कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ फर्किएका हुन् ।

क्लबले आधिकारिक रुपमा सार्वजनिक नगरेपनि रुपेशले सामाजिक सन्जाल फेसबुकमा यसअघि मनाङबाट खेल्दाको तस्विर पोस्ट गर्दै मनाङ फर्किएको संकेत दिएका छन् । उनले आसन्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगसम्मलाई मनाङसँग सम्झौता गरेका हुन् । ‘ए’ डिभिजन लिग २९ कात्तिकबाट सुरु हुने तालिका छ । राष्ट्रिय लिगको मिति तय भइसकेको छैन ।
रुपेशले पछिल्लो दुई सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग थ्री स्टारबाट खेलेका थिए । उनले मोफसलको विभिन्न गोल्डकपमा थ्री स्टारको कप्तानी समेत गरेका छन् । मनाङले सन् २०१४ मा सातौं पटक ‘ए’ डिभिजन लिग जित्दा रुपेश टोलीका मुख्य सदस्य रहेका थिए । उनले लिगसँगै मोफसलका केही गोल्डकपमा मनाङको कप्तानी गरिसकेका छन् ।
एन्फा एकेडेमीका उत्पादन केसीले यसअघि हिमालयन शेर्पा क्लबबाट ‘ए’ डिभिजन लिग खेलिसकेका छन् । उनले गत जेठमा सम्पन्न नेपाल सुपर लिगमा धनगढी एफसीबाट खेलेका थिए । धनगढी दोस्रो हुन सफल भएको थियो । केसीले सन् २०१२ मा नेहरु कपबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले राष्ट्रिय टोलीमा नियमित रुपमा स्थान बनाउन सकेका छैनन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]