default_image

3 years ago

August 17, 2021

कोर्टुवाले रियल म्याड्रिडमा सम्झौता थपे

एजेन्सी – बेल्जियन गोलरक्षक थिवाउट कोर्टुवाले स्पेनिस क्लब रियल म्याड्रिडको बसाई लम्ब्याएका छन् । पछिल्लो तीन सिजन रियलको पहिलो रोजाईका गोलरक्षक रहेका कोर्टुवाले सोमबार सन् २०२६ सम्मको लागि सम्झौता नविकरण गरेका हुन् । सम्झौता अवधि अझै दुई वर्ष बाँकी रहँदै २९ वर्षीय कोर्टुवाले रियलको बसाई सन् २०२६ सम्म लम्ब्याएका हुन् । क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजले […]

47 views

0 Bookmark

एजेन्सी – बेल्जियन गोलरक्षक थिवाउट कोर्टुवाले स्पेनिस क्लब रियल म्याड्रिडको बसाई लम्ब्याएका छन् । पछिल्लो तीन सिजन रियलको पहिलो रोजाईका गोलरक्षक रहेका कोर्टुवाले सोमबार सन् २०२६ सम्मको लागि सम्झौता नविकरण गरेका हुन् ।

सम्झौता अवधि अझै दुई वर्ष बाँकी रहँदै २९ वर्षीय कोर्टुवाले रियलको बसाई सन् २०२६ सम्म लम्ब्याएका हुन् । क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजले कोर्टुवालाई उनको नामको मुनि सन् २०२६ लेखेको जर्सी हस्तान्तरण गरेका छन् ।

कोर्टुवा सन् २०१८ मा इंग्लिस क्लब चेल्सीबाट ६ वर्षको सम्झौता गर्दै रियल पुगेका थिए । उनको सम्झौता २०२३ सम्म रहेको थियो । रियलमा चौथो सिजन खेलिरहेका कोर्टुवाले अघिल्लो तीन सिजनमा १२९ खेलेका छन् ।

उनले रियलबाट तीन सिजनको स्पेनिस ला लिगामा ४३ क्लिनसिट राख्न सफल भएका छन् । कोर्टुवाले गत सिजनको ला लिगामा सबै ३८ खेल खेल्दा १७ क्लिनसिट राखेका थिए । उनले रियलबाट समान एक स्पेनिस ला लिगा, फिफा क्लब विश्वकप र स्पेनिस सुपर कोपा जितेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.