default_image

3 years ago

August 17, 2021

युरोपियन सुपर लिगका ९ क्लब इसिएमा फर्किए

एजेन्सी – युरोपियन सुपर लिग (इएसएल) नामको नयाँ प्रतियोगिताको संस्थापक सदस्य रहेका ९ क्लब पुनः युरोपियन क्लब एसोसियन (इसिए) मा फर्किएका छन् । युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९ क्लबले पुनः इसिएको सदस्यता लिएका हुन् । ९ क्लबले २०२३ सम्मको सदस्यता लिएको इसिएले जनाएको छ । इसिएको अध्यक्षमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) […]

38 views

0 Bookmark

एजेन्सी – युरोपियन सुपर लिग (इएसएल) नामको नयाँ प्रतियोगिताको संस्थापक सदस्य रहेका ९ क्लब पुनः युरोपियन क्लब एसोसियन (इसिए) मा फर्किएका छन् ।

युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९ क्लबले पुनः इसिएको सदस्यता लिएका हुन् । ९ क्लबले २०२३ सम्मको सदस्यता लिएको इसिएले जनाएको छ । इसिएको अध्यक्षमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अध्यक्षसमेत रहेका नासिर अल खेलाफी रहेका छन् ।

प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमसँगै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इटालियन क्लब इन्टर मिलान र एसी मिलानले इसिएमा फर्किएका हुन् । यि सबै क्लब युरोपियन सुपर लिगको संस्थापक क्लबमा रहेका थिए ।

युरोपियन सुपर लिगको घोषणासँगै चौतर्फी आलोचना भएपछि प्रिमियर लिगका सबै ६ क्लबसँगै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इटालियन क्लब इन्टर मिलान र एसी मिलानले सुपर लिगबाट हात झिकेको थियो ।

युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहने गरि स्पेनिस क्लब रियल म्याड्रिडका अध्यक्ष समेत रहेका फियोरेन्टिना पेरेजको अध्यक्षतामा युरोपियन सुपर लिगको घोषणा गरेका थिए । अब युरोपियन सुपर लिगमा रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्स मात्रै रहेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.