default_image

3 years ago

August 18, 2021

मैदानभित्र आफ्नै सहकर्मीलाई मुक्का हानेपछि..

एजेन्सी – खेलका क्रममा दुई टोलीका खेलाडीबीच घम्साघम्सीमा हातपात हुनु नयाँ कुरा होइन । तर टर्कीको शीर्ष डिभिजन क्लब गालाटासरेका डिफेन्डर मार्साओले आफ्नै टोलीका विंगर केरेम अक्तुर्कोग्लुलाई मुक्का हानेपछि रातो कार्ड खाँदै मैदान छाड्नुपर्यो । सोमबार भएको टर्किस सुपर लिगको खेलमा गालाटासरे जिरेसन्स्पोरविरुद्ध २-० ले अघि थियो । खेल चल्दै गर्दा गालाका ब्राजिली डिफेन्डर मार्साओ […]

42 views

0 Bookmark

एजेन्सी – खेलका क्रममा दुई टोलीका खेलाडीबीच घम्साघम्सीमा हातपात हुनु नयाँ कुरा होइन । तर टर्कीको शीर्ष डिभिजन क्लब गालाटासरेका डिफेन्डर मार्साओले आफ्नै टोलीका विंगर केरेम अक्तुर्कोग्लुलाई मुक्का हानेपछि रातो कार्ड खाँदै मैदान छाड्नुपर्यो ।

सोमबार भएको टर्किस सुपर लिगको खेलमा गालाटासरे जिरेसन्स्पोरविरुद्ध २-० ले अघि थियो । खेल चल्दै गर्दा गालाका ब्राजिली डिफेन्डर मार्साओ कुद्दै आफ्नो सहकर्मी केरेमनजिक पुगे । सुरुवातमा टाउकोले हनन खोजेका उनले त्यसपछि दुई पटक मुक्का प्रहार गरे । अन्य खेलाडी आएर दुवैलाई छुट्याए ।

रेफ्रीले उक्त घटना भिडियो रिप्लेमा हेर्दै मार्साओलाई रातो कार्ड दिए । फिफाको नियम अनुसार खेलका क्रममा आफ्नो विपक्षी वा सहकर्मी कसैलाई पनि हातपात गरेमा रातो कार्ड दिने प्रावधान छ । रेफ्रीले मुक्का प्रहार गरेका मार्साओलाई रातो कार्ड दिँदै बाहिर पठाए । यता प्रशिक्षक फेथ तेरिमले भने मुक्का खाने केरेमलाई दुई मिनेटपछि नै परिवर्तन गरे ।

खेलपछि बोल्दै प्रशिक्षक तेरिमले यस घटनाबारे अन्तरिक छानविन पनि हुने बताए । लिगले पनि मुक्का प्रहार गर्ने मार्साओलाई थप कारवाही गर्नेछ । उनले हाल भने दुई खेलको स्वत: प्रतिबन्ध भोग्नेछन् । उनले मुक्का किन प्रहार गरे भन्नेबारे केहि बाहिर आएको छैन ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.