default_image

3 years ago

August 20, 2021

सम्भावित ६ ट्रान्सफर र दुई रहस्य

एजेन्सी – यो सिजनको समर ट्रान्सफर (खेलाडी सरुवा) बजार दुई साता मात्रै बाँकी छ । केही क्लबहरुले ठुला स्टारलाई अनुबन्ध गरिसकेका छन् । इंग्लिस क्लब चेल्सीले बेल्जियन फरवार्ड रोमेलु लुकाकुलाई इटालियन क्लब इन्टर मिलानबाट ९८ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ । फ्रान्सेली क्लब पीएसजीले अर्जेन्टिनी लियोनेल मेस्सीसँगै सर्जियो रामोस, अचरफ हाकिमी, जियानलुइजी डोन्नररुम्मा र जर्जिन्हो […]

97 views

0 Bookmark

एजेन्सी – यो सिजनको समर ट्रान्सफर (खेलाडी सरुवा) बजार दुई साता मात्रै बाँकी छ । केही क्लबहरुले ठुला स्टारलाई अनुबन्ध गरिसकेका छन् ।

इंग्लिस क्लब चेल्सीले बेल्जियन फरवार्ड रोमेलु लुकाकुलाई इटालियन क्लब इन्टर मिलानबाट ९८ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ । फ्रान्सेली क्लब पीएसजीले अर्जेन्टिनी लियोनेल मेस्सीसँगै सर्जियो रामोस, अचरफ हाकिमी, जियानलुइजी डोन्नररुम्मा र जर्जिन्हो वाइनाल्डमलाई अनुबध गरिसकेको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जेडान सान्चो, बार्सिलोनाले मेम्फिस डिपाए, एरिक गार्सिया र सर्जियो अगुएरो अनुबन्ध गरिसकेको छ । रियलले डेभिड अलाबा भित्र्याएको छ ।

यसबाहेक यो समर ट्रान्सफरमा केही ठुला नामको ट्रान्सफर हुन सक्नेछ । बजारमा केलियन एमबाप्पे, ह्यारी केन, लोउटारो मार्टिनेज, डुसाल भ्लाहोभिच र डुभान जापटालगायतका खेलाडी चर्चामा छन् । यो समरमा लियोनेल मेस्सीको पीएसजी यात्रा नै सबैलाई आश्चर्यमा पर्ने ट्रान्सफर बन्यो । ६ मुख्य सम्भावित ट्रान्सफर रहँदा दुई रहस्यको ट्रान्सफर पनि बाँकी रहेको छ ।

डुसान भ्लाहोभिच – एट्लेटिको म्याड्रिड

डुसाल भ्लाहोभिकले इटालियन क्लब फियोरेन्टिनामा गत सिजन उत्कृष्ट समय व्यतित गरे । उनी गत गत सिजन उत्कृष्ट युवा स्टारको रुपमा उदाए । उनले गत सिजन सिरी ‘ए’ मा ३७ खेलमा २१ गोल गरे । सोही प्रदर्शनको आधारमा स्पेनिस ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडले २१ वर्षीय युवा फरवार्डलाई ७० मिलियन युरो खर्चने तयारी गरेको छ ।

केलियन एमबाप्पे – रियल म्याड्रिड

फ्रान्सेली युवा मिडफिल्डर केलियन एमबाप्पे र स्पेनिस क्लब रियल म्याड्रिडबीच दिनानुदिन सम्झौताको प्रक्रिया अघि बढिरहेको छ । उनक पीएसजीका सहयात्रीले एमबाप्पे क्लबमै रहने बताइरहँदा उनले पीएसजी बसाई टुंग्याउन खोजिरहेका छन् ।

ह्यारी केनम्यानचेस्टर सिटी

इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी सेन्टर फरवार्डको खोजीमा रहेको छ । टोटेनहम हटस्परका इंग्लिस फरवार्ड ह्यारी केन सिटीको प्राथमिकतामा परेपनि दुई क्लबबीच सहमति जुट्न सकिरहेको छैन ।

जुलेस कोन्डे – चेल्सी

२२ वर्षीय युवा डिफेन्डर जुलेस कुन्डेले गत सिजन स्पेनिस क्लब सेभियामा गज्जवको प्रदर्शन गरे । उनलाई अनुबन्ध गर्न चेल्सीले प्रयास गरिरहेको छ । सेभियाले कोन्डेका लागि मोटो रकमको प्रस्ताव गरेको छ । यो विषयमा दुई क्लबबीच सहमत जुट्न सकेको छैन ।

लोउटारो मार्टिनेज – टोटेनहम

ह्यारी केनलाई म्यानचेस्टर सिटीले अनुबन्ध गर्न नसकेको विकल्पमा सिटीले दोस्रो विकल्पमा अर्जेन्टिनी लोउटारो मार्टिनेजलाई अनुबन्ध गर्ने योजना बनाएको छ । उनी पेनाल्टी बक्समा निकै घातक छन् । ह्यारी केनको विकल्पमा उनी इतिहाद स्टेडियममा आउने सक्नेछन् ।

डुभान जापटा र मार्कुस थुराम – इन्टर मिलान

रोमेलु लुकाकु र अचरफ हाकिमीले क्लब छाडेपछि इटालियन च्याम्पियन इन्टर मिलान उनीहरुको विकल्पको खोजीमा छ । लोउटारो मार्टिनेजले पनि क्लब छाड्न सक्ने अवस्थामा इन्टर मिलानले डुभान जापटालाई एटलान्टाबाट अनुबन्ध गर्ने योजना छ । यस्तै मार्कुस थुराममा पनि इन्टरले नजर लगाएको छ ।

दुई रहस्य – हालान्ड र रोनाल्डो

नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्ड जर्मन क्लब बोरुसिया डर्टमुन्डमा तथा पोर्चुगिज लेजेन्ड फरवार्ड क्रिस्टियानो रोनाल्डो युभेन्ट्समा रहेका छन् । उनीहरुबारे सरुवा बजारमा हल्ला चलेपनि रहस्यमै रहेका छन् ।

रोनाल्डोले यो सिजन रियल फर्कने योजना रहेको खबर बाहिरिएपनि या हल्ला मात्रै रहेको बताइएको छ । तर, पीएसजीले अर्को सिजन रोनाल्डोलाई अनुबन्ध गर्ने योजना बुनेको छ । यता, अर्काे समरसम्म डर्टमुन्डमा सम्झौता रहेको हालान्ड अनुन्धको लागि बायर्न म्युनिख र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुने तय छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.