4 years ago
August 23, 2021
एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा पहिलो जित दर्ता गर्दा एफसी कोल्नमाथि संघर्षपुर्ण जित हात पारेको छ । बायर्नले घरेलु मैदानमा एफसी कोल्नमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।

यसअघि बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरी खेलेको थियो । घरेलु मैदानमा बायर्नको जितमा सर्ज गिनाब्रीले दुई तथा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको नाममा रह्यो । कोल्नका एन्थोनी मोडेस्टे र मार्क अर्थले गोल गरेपनि हार टार्न सकेन ।
एलिएन्ज एरिनामा पहिलो हाफ गोलरहित बराबरीमा सकिदा बायर्नले दोस्रो हाफको सुरुवातै दुई गोलको अग्रता लिएको थियो । तर, दुई मिनेटको अन्तरमा कोल्नले दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएको थियो । ५०औं मिनेटमा जमल मुसियालाको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए ।

लेवान्डोस्कीले बुन्डेसलिगामा लगातार १२ खेलमा गोल गर्ने आफ्नै कीर्तिमानलाई भेट्टाए । उनले यसअघि सन् २०१३–१३ को सिजनमा लगातार १२ खेलमा गोल गरेका थिए । ५९औं मिनेटमा सर्ज गिनाब्रीले गोल गरेपछि बायर्न खेलमा २–० ले अघि बढेको थियो ।
६०औं मिनेटमा एन्थोनी मोडेस्टेले जोनास हेक्टरको पासमा गोल गर्दै कोल्नलाई खेलमा फर्कने संकेत दिए । त्यसको दुई मिनेटपछि अर्थात ६२औं मिनेटमा मार्क अर्थले किङ्सले इजुवीको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७१औं मिनेटमा गिनाब्रीले योसुवा किम्मिखको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नलाई ३–२ को रोमाञ्चक जित दिलाए ।
जितपछि बायर्नको २ खेलबाट ४ अंक पुगेको छ । पराजित कोल्नको २ खेलबाट ३ अंक छ । बुन्डेसलिगामा कोल्नको यो पहिलो हार हो । यसअघि कोल्नले हर्था बर्लिनलाई ३–१ ले पराजित गरेको थियो ।
अर्काे खेलमा होफेनहाइन र युनियन बर्लिनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । होफेनहाइनका केभिन एक्पोगुमा र ज्याकोव ब्रुन लार्सेनले गोल गर्दा युनियन बर्लिनका निको गिसेलमान र ताइओ एओनियीले गोल गरे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]