default_image

3 years ago

August 23, 2021

बायर्नमा किम्मिखको सम्झौता नविकरण

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखसँग मिडफिल्डर योसुवा किम्मिखले सम्झौता नविकरण गरेका छन् । किम्मिखले बायर्नसँग थप ४ वर्षको सम्झौता गरेका हुन् । सम्झौता नविकरण अनुसार किम्मिख सन् २०२५ सम्म बायर्नमा रहनेछन् । जर्मन मिडफिल्डर सन् २०१५ मा आरबी लाइप्जिगबाट बायर्नमा अनुबन्ध भएका थिए । त्यसयता किम्मिखले बायर्नमा लगातार प्रभावशाली प्रदर्शन गर्दै आइरहेका छन् । […]

41 views

0 Bookmark

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखसँग मिडफिल्डर योसुवा किम्मिखले सम्झौता नविकरण गरेका छन् । किम्मिखले बायर्नसँग थप ४ वर्षको सम्झौता गरेका हुन् ।

सम्झौता नविकरण अनुसार किम्मिख सन् २०२५ सम्म बायर्नमा रहनेछन् । जर्मन मिडफिल्डर सन् २०१५ मा आरबी लाइप्जिगबाट बायर्नमा अनुबन्ध भएका थिए । त्यसयता किम्मिखले बायर्नमा लगातार प्रभावशाली प्रदर्शन गर्दै आइरहेका छन् ।

२६ वर्षीय किम्मिखले बायर्नमा आएयता लगातार ६ सिजन जर्मन बुन्डेसलिगाको उपाधि जितेका छन् । बायर्नमा सम्झौता नविकरण गरेसँगै किम्मिखले बायर्नमा अझै उत्कृष्ट समय व्यतित गर्ने बताएका छन् ।

किम्मिखले बायर्नका लागि २६४ खेलमा ३० गोल गर्नुका साथै ७३ असिसट दिएका छन् । उनले बायर्नबाट ६ वर्षको बसाईमा विभिन्न १७ उपाधि जितेका छन् । जसमा ६ बुन्ड्सलिगा उपाधि रहेको छ । जर्मनको राष्ट्रिय टिमका लागि ५९ खेलमा ३ गोल गरेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.