default_image

4 years ago

August 24, 2021

लेस्टरलाई हराउँदै वेस्ट ह्याम शीर्षस्थानमा

160 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटीमाथि सानदार जित निकाल्दै वेस्ट ह्याम युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट ह्यामले समान ६ अंक भएपनि चेल्सी, लिभरपुल, ब्राइटन र टोटेनहमलाई गोल अन्तरमा पछि पार्दै शीर्षस्थान कब्जा गरेको हो ।

घरेलु मैदानमा वेस्ट ह्यामले १० खेलाडीमा समेटिएको लेस्टर सिटीमाथि ४–१ को फराकिलो जित निकालेको हो । वेस्ट ह्यामको फराकिलो जितमा मिचेल एन्टेनियोले दुई तथा पाब्लो फोर्नाल्स र सेड बेनरहमाले समान एक गोल गरे । लेस्टरका युरी टिलेमान्सले एक गोल फर्काए ।

लन्डन स्टेडियम लन्डनमा सोमबार राति भएको खेलको २६औं मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले सेड बेनरहमाको पासमा गोल गरेका थिए । ४०औं मिनेटमा एयोजी पेरेज सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर समस्यामा परेको थियो । जसको फाइदा वेस्ट ह्यामले उठाउन सफल भयो ।

५६औं मिनेटमा मिचेल एन्टेनियोले दुई गोल तथा एक असिस्ट दिएपछि वेस्ट ह्यामले फराकिला जित निकाल्न सफल भयो । ५६औं मिनेटमा सेड बेनरहमाले गोल गर्दै वेस्ट ह्यामलाई २–० ले अघि बढाए । उनले मिचेल एन्टेनियोको पासमा गोल गरेका थिए । ६९औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै लेस्टरलाई खेलमा फर्कने संकेत दिए ।

तर त्यसपछि मिचेल एन्टेनियोले दुई गोल गर्दै वेस्ट ह्यामलाई फराकिलो जित दिलाए । ८०औं मिनेटमा मिचेल एन्टेनियोले डिक्लन राइसको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८४औं मिनेटमा मिचेल एन्टेनियोले भ्लादिमर कोउफलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै वेस्ट ह्यामलाई सानदार जित दिलाए ।

यो जितसँगै वेस्ट ह्याम २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । चेल्सी, लिभरपुल, ब्राइटन र टोटेनहमको पनि ६ अंक रहेपनि गोल अन्तरमा शीर्ष पाँचमा रहेका छन् । पराजित लेस्ट ३ अंक जोडेर १२औं स्थानमा छ । लेस्टरले पहिलो खेलमा वल्भ्सलाई १–० ले हराएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.