default_image

3 years ago

August 24, 2021

लिभरपुलका शाकिरी लियोनमा

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्वीस विंगर जद्रान शाकिरी फ्रान्सेली क्लब लियोनमा अनुबन्ध भएका छन् । शाकिरी फ्रान्सेली लिग वान क्लब लियोनसँग ९.५ मिलिया पाउन्डमा ३ वर्षको लागि अनुबन्ध भएको हो । उनलाई लियोनले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छ । लियोनले सुरुवातमा ४ मिलियन पाउन्डको प्रस्ताव गरेपनि लिभरपुलले त्यसलाई इन्कार गरेपछि नयाँ प्रस्तावमा लिभरपुल, शाकिरी […]

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्वीस विंगर जद्रान शाकिरी फ्रान्सेली क्लब लियोनमा अनुबन्ध भएका छन् । शाकिरी फ्रान्सेली लिग वान क्लब लियोनसँग ९.५ मिलिया पाउन्डमा ३ वर्षको लागि अनुबन्ध भएको हो ।

उनलाई लियोनले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छ । लियोनले सुरुवातमा ४ मिलियन पाउन्डको प्रस्ताव गरेपनि लिभरपुलले त्यसलाई इन्कार गरेपछि नयाँ प्रस्तावमा लिभरपुल, शाकिरी र लियोनबीच सम्झौता भएको हो ।

२९ वर्षीय शाकिरी सन् २०१८ मा १३.५ मिलियन पाउन्डमा इंग्लिस क्लब स्टोक सिटीबाट लिभरपुल आएका थिए । उनले योगेर्ने क्लोपको लिभरपुलबाट तीन सिजनमा ६३ खेलमा ८ गोल गरेका छन् । उनले लिभरपुलबाट प्रिमियर लिग, च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् ।

स्वीस टोलीबाट ९६ खेलमा २६ गोल गरेका शाकिरीले बसेल, बायर्न म्युनिख र इन्टर मिलानबाट पनि व्यवसायिक खेल खेलिसकेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.