default_image

4 years ago

August 24, 2021

प्रितिसहित ७ नयाँ खेलाडी राष्ट्रिय टोलीमा

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ७ खेलाडीलाई पहिलो पटक समेट्दै एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ ।


ग्यारी फिलिप्सको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले हङकङ र फिलिपिन्सविरुद्ध अर्को महिना हुने छनोट खेलका लागि ७ खेलाडीलाई पहिलो पटक टोलीमा समेटेका छन् । पहिलो पटक टोलीमा पर्नेमा मिडफिल्डर प्रिति राई, फरवार्ड सविता राना, रश्मी घिसिङ, रजनी थोकर, डिफेन्डर विमला विक निशा थोकर र सृजना सिंह रहेका छन् ।

पहिलो पटक क्याम्पमा परेकी अमिषा कार्की, अनुभवी डिफेन्डर अन्जली वाइवा र फरवार्ड शर्मिला थापामगर सँगै हेमा चौधरी र मनिषा राउत भने अन्तिम छनोटमा पर्न सकेनन् । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले असोज २ गते फिलिपिन्स तथा असोज ४ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोली भारतमा अर्को वर्ष हुने एसिया कपका लागि छनोट हुनेछ ।

यसअघि नेपाली टोलीले बंगलादेशविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने प्रक्रिया पनि सुरु गरिएको छ । यस विषयमा भने दुवै संघले अन्तिम तयारी गरिरहेका छन् ।

चोटका कारण लामो समयपछि फरवार्ड सावित्रा भण्डारी विना नेपाली टोली अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि निस्कदैछ । कतारमा घुँडाको शल्यक्रियापछि सावित्रा फिजियो गराइरहेकी छन् ।

एसिया कप छनोटका लागि नेपाली टोली

गोलकिपर – अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ

डिफेन्डर : अमृता जैसी, विमला विक, गिता राना, हिराकुमारी भुजेल, निशा थोकर, पुनम जर्घा मगर, सृजना सिंह, पूजा राना

मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, दीपा राई, इन्दिरा राई, मन्जली तामाङ योन्जन, प्रिति राई, रेनुका नगरकोटे,

फरवार्ड : अनिता केसी, रजनी थोकर, रश्मी घिसिङ, सविता राना, सरु लिम्बु

यसअघि ७ नयाँ खेलाडी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ – सम्पादक

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.