3 years ago
August 24, 2021
एजेन्सी – स्पेनिस राष्ट्रिय टोलीका युवा फरवार्ड आन्सु फाती बार्सिलोनाका अन्य खेलाडीसँग प्रशिक्षणमा सामेल भएका छन् । चोट मुक्त भएका १८ वर्षीय खेलाडी पूनरागमनको अन्तिम तयारीका क्रममा रहेका छन् । घुँडाको चोटका कारण उनी झन्डै ८ महिनादेखि मैदान बाहिर रहँदै आएका छन् । बार्सिलोनाले फाती सेप्टेम्बरको मध्यसम्ममा मैदान फर्कने अपेक्षा गरेको छ । योजना अनुसार […]
एजेन्सी – स्पेनिस राष्ट्रिय टोलीका युवा फरवार्ड आन्सु फाती बार्सिलोनाका अन्य खेलाडीसँग प्रशिक्षणमा सामेल भएका छन् । चोट मुक्त भएका १८ वर्षीय खेलाडी पूनरागमनको अन्तिम तयारीका क्रममा रहेका छन् ।
घुँडाको चोटका कारण उनी झन्डै ८ महिनादेखि मैदान बाहिर रहँदै आएका छन् । बार्सिलोनाले फाती सेप्टेम्बरको मध्यसम्ममा मैदान फर्कने अपेक्षा गरेको छ । योजना अनुसार भएमा अन्तर्राष्ट्रिय विश्रामपछि उनी मैदान फर्कनेछन् । यदि त्यस्तो भएको खण्डमा सेभिल्लाविरुद्धको खेलका लागि उनी उपलब्ध हुनेछन् ।
सन् २०२० को नोभेम्बरमा बायाँ घुँडामा चोट लागेपछि उपचार र रिह्याबका क्रममा पटक पटक उनलाई पुनरागमनमा समस्या भएको थियो । तर, अब भने उनी पूनरामगनको तयारीमा देखिन्छन् । यद्दपी पूर्ण रुपमा ठीक नभएसम्म बार्सिलोना जोखिम उठाउने पक्षमा देखिदैन ।
अगष्टको सुरुवातबाटै उनी एक्लै अभ्यासमा फर्केका थिए । अहिले भने उनी टोलीका अन्य खेलाडीका साथ अभ्यास गर्नका लागि तयार भएका छन् । फाती उच्च लयमा खेलिरहँदा घाइते हुन पुगेका थिए । त्यसको असर बार्सिलोनाको नतिजामा पनि परेको थियो । चोटकै कारण उनले युरोपेली च्याम्पियनसिप र टोकियो २०२० ओलम्पिक पनि गुमाएका थिए ।
April 26, 2024
सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]
April 26, 2024
एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]
April 25, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]